प्रथम चौमासिक रिभ्यु कार्यक्रम चिराघाटमा सम्पन्न

कार्तिक २९, २०७६  

तुलसीपुर, २९ कात्तिक । पश्चिम दाङको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा चिराघाटको आयोजनामा एक दिने महामारी तथा प्रकोप जन्य रोगहरुको अवस्था पिआर टि एबं सिआर आर टि परिचालन सम्बन्धि प्रथम चौमासिक रिभ्यु विषयक कार्यक्रम शुक्रवार शान्तिनगरको चिराघाटमा सम्पन्न भएको छ । सामाजिक बिकास समितिका संयोजक धन बहादुर के सि को अध्यक्षता एबं शान्तिनगर गाउँपालिकाकी उपाध्यक्ष मिथिला शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा स्वास्थ्य शाखाका संयोजक हरि पुनले महामारी हुनुपुर्ब के गर्ने र साबधानी कसरी अपनाउने भन्ने बिषयमा प्रकाश पारो थिए ।

Advertisement

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार र महिला स्वास्थ्य स्वयंम सेविकाको सहभागिता रहेको थियो यस्तै एक दिने आधारभुत स्वास्थ्य पोषण तथा सरसफाइ ऐन बिषयक कार्यक्रम चिराघाटमा सम्पन्न भएको छ।कार्यक्रममा स्वास्थ्यका लागी सक्षम प्रणालीकी कार्यक्रम अधिकृत सबिता पोख्रेलले कार्यक्रमको बारेमा प्रकाश पारेकी थिईन् भने कार्यक्रमको सहजीकरण ओरेक नेपालकि दिपा धिताल र सुआहाराका लिल बहादुर नेपालीले गरेको शान्तिनगर गाउँ पालिकाका प्रेस संयोजक निराश पान्डेले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस