बिबिएस चौथो वर्षको नतिजामा ज्ञानदीप कलेज प्रदेश पाँचकै उत्कृष्ट

कार्तिक २८, २०७६  

तुलसीपुर २८ कात्तिक । त्रिभुवन विश्वविद्यालयले भर्खरै सार्वजनिक गरेको बिबिएस चौथो वर्षको परीक्षाको नतिजामा ज्ञानदीप कलेज तुलसीपुरले प्रदेश नम्वर ५ मै उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । कलेज प्रमुख सुरेन्द्र जिसीका अनुसार कलेजकी छात्रा दुर्गा शर्माले ७९ प्रतिशत अंक ल्याएर उत्कृष्ट भएकी हुन् । विगतदेखि नै शर्माले प्रदेशमै उत्कृष्ट अंक ल्याउँदै आएकी छिन् । पढाईमा अब्बल शर्माले उत्कृष्ट अंक ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् । त्यस्तै गरी कलेजका छात्र सुशिल डाँगीले ७८.६ प्रतिशत अंकका साथमा दोस्रो भएको पनि कलेजका सहप्राचार्य मनोज कुमार केसीले जानकारी दिएका छन् । केसीका अनुसार प्रदेशमै सो अनुसार कसैले पनि अंक ल्याउन नसकेको कारण कलेजले उत्कृष्ट अंक ल्याएको हो । २०७० सालमा स्थापना भएको कलेजले स्थापनाकाल देखि नै उत्कृष्ट अंक ल्याउँदै आएको छ । शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य समेत गर्दै आएको कलेजले विभिन्न राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेको छ । कलेजले उत्कृष्ट अंक ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।

Advertisement

 


प्रतिक्रिया दिनुहोस