दक्षिण अफ्रिकामा तुलसीपुरका मेयर पाण्डेको सम्वोधन

कार्तिक २७, २०७६  

२७ कात्तिक । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले दक्षिण अफ्रिकाको डुर्वन मा मा आयोजना गरिएको स्थानीय र क्षेत्रिय प्रमुखहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई वुधवार सम्वोधन गरेका छन् । सुखद भविष्यका लागि वातावरण व्यवस्थापन विषयमा उनले नेपालको तर्फबाट सम्वोधन गरेका थिए । सम्मेलनलाई सम्वोधन गर्दै मेयर पाण्डेले नेपालका स्थानीय तहहरुले वातावरण व्यवस्थापनमा गरेको प्रयासका वारेमा चर्चा गरेका थिए । विश्वका विभिन्न देशका ३ हजार प्रतिनिधिहरुका विचमा आयोजना गरिएको सम्मेलनमा नगरप्रमुख पाण्डेले नेपालको स्थानीय सरकारको तर्फबाट सहभागिता जनाएका हुन् ।
सम्मेलनलाई सम्वोधन गर्दै स्थानीय सरकारले जलवायु परिवर्तनका लागि हरित रोजगार सृजना गर्नुपर्ने वताउँदै पाण्डेले तुलसीपुरले गरेका प्रयासहरुका वारेमा जानकारी गराएका थिए । उनले तुलसीपुरलाई वातावरणीय दृष्टिले अनुकुल नगरका रुपमा विकास गर्नका लागि वनमा आधारित उद्यमको विकासमा ध्यान दिएको वताएका थिए । उनले उपमहानगरपालिकाको सहयोगमा सञ्चालनमा आएका दुना टपरी र पेपर कप उद्योगको वारेमा चर्चा गरेका थिए ।
वातावरण व्यवस्थापनका लागि वनमा आधारित उद्योग सञ्चालन गर्नुपर्ने उनको जोड थियो । विश्वभरबाट ८ जनाले सम्वोधन गरेको सम्मेलनमा मेयर पाण्डेले वातावरणीय अनुकुलताका लागि स्थानीय सरकारले विशेष भुमिका वहन गर्न सक्ने कुरामा जोड दिएका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस