सल्यानमा बहुविवाह गरेको आरोपमा २ जना पक्राउ

सल्यान, २७ कात्तिक । सल्यानमा बहुविवाह गरेको आरोपमा २ जना पक्राउ परेका छन् । शारदा नगरपालिका–१२ डाँग्रीका ३३ वर्षीय मानबहादुर भन्ने नरेन्द्र डाँगी र त्रिवेणी गाउँपालिका–३ की २० वर्षीया माया डाँगी पक्राउ परेका हुन । उनीहरुलाई मंगलवार माया डाँगीको घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया