आफनै कार्यकर्ताद्धारा कांग्रेस नेता तुलसीपुरमा कुटिए

कार्तिक २६, २०७६  

तुलसीपुर, २६ कार्तिक

Advertisement

नेपाली कांग्रेसका नेतालाई कार्यकर्ताले कुटपिट गरेका छन् । सम्पर्क कार्यालय उद्घाटनको बिषयलाई लिएर बिवाद भएपछि नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका–१ का इकाई सभापति फल्कुदत्त भण्डारीलाई इकाई सचिव लोकराज भुसाल, सुनिल सार्की र टेके भन्ने टीकाराम भण्डारीले कुटपिट गरेको उजुरी प्रहरीमा परेको छ । आज बिहान नौ बजे तुलसीपुर–९ को मिलनचोकमा पार्टीको चुनाव लागि सम्पर्क कार्यालय उद्घाट र प्रचार प्रसार समिति गठनको विषलाई लिएर सभापति भण्डारीलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए । कुटपिटबाट घाइते भण्डारी उपचारका लागि नेपालगंज गएका छन् । उनकाे कानमा चाेट लागेकाे छ।

पिडीत भण्डारीले इलाका प्रहरी कर्यालयमा घाउ जाँचको निवदेन समेत दिएका छन् । यसैबिच कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनलाई नियन्त्रणमा लिएको छ । तुलसीपुर –१ का लोक राज भुसाल र सुनिल सार्कीलाई नियन्त्रणमा लिएको चिरेघाट प्रहरीले जानकरी दिएको छ । टेके भन्ने टिकाराम भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । ओरोपितहरुले पार्टी नेतृत्वले आफुहरुसंग कुनै समन्वय नगरी एकलौटी ढंगले पेलेर कार्यक्रम र समिति गठन गर्न खोजेको आरोप लगाएका छन् ।

 


प्रतिक्रिया दिनुहोस