ट्रकको ठक्करबाट दाङमा एकको मुत्यु

कार्तिक २६, २०७६  

तुलसीपुर, २६ कात्तिक । ट्रकको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–५ सुनखोली नजिकै मंगलबार बिहान करिब साढे ७ बजे लु २ ख १३७६ नम्बरको ट्रकले ठक्कर दिँदा लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी ३५ वर्षीय रफिक राइनेको मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस