पाँच लाख फिरौति रकम माग्ने प्रहरीद्धारा सार्वजनिक

कार्तिक २५, २०७६  

तुलसीपुर, २५ कार्तिक

Advertisement

पाँच लाख रुपैयाँ फिरौती रकम लिदै गर्दा पक्राउ परेका तीन लुटेरालाई प्रहरीले सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकाहरुमा तुलसीपुर–३ खमारी निबासी बिमल वली, नविन नेपाली र दुजबहादुर खत्री रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए । लुटेरालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाईफायर गर्नु परेको थियो ।
घटनामा संलग्न रहेका इश्वर पुन, र अर्जुन पुन भने भाग्न सफल भएका छन् । गएको शनिबार चमेरे गुफाबाट फर्किने क्रममा ४६ बर्षका किशोर पुन नाम परिवर्तित र २९ बर्षकी मिना वली नाम परिवर्तितलाई नियन्त्रणमा लिएर कुटपिट गरी भिडीयो बनाएर पाँच लाख दिने सर्तमा सो समूहले साँझ छोडेको थियो । सो समुहले सडक देखि ५० मिटर माथि डाँडामा लगेर दुई थान मोबाईल र रा४प ६०८३ नम्बरको मोटरसाईकल समेत कब्जामा राखेको थियो ।
विभिन्न डरधम्की दिएर नग्न गराई भिडियो खिचेको सो समूहले पाँच लाख नदिए समाजिक संजालमा हालिदिने बताएपछि पिडित पैसा लिएर सोमबार बिहान खमारीको जंगलमा गएका थिए । घटनाको पूर्व जानकारी पाएको प्रहरीले उक्त स्थानमा विहान ३ बजे नै घेराहालेको थियो । यसैबिच प्रहरीले पक्राउ परेकालाई अपरण तथा शरिर बन्धक सम्बन्धी मुद्दा चलाउने तयारी गरेको प्रहरी निरीक्षक पालले जानकारी दिनुभयो । आइतबार साँझ पक्राउ गर्न प्रयास गरेको प्रहरीले असफल प्रयास भएपछि सोमबार बिहानको योजना सफल भएको हो ।

 


प्रतिक्रिया दिनुहोस