डा.केसीलाई अनशनस्थल छोड्न प्रहरीको दबाव

कार्तिक २५, २०७६  

डढेलधुरा,२५ कार्तिक

Advertisement

विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थल छोड्न प्रहरीले दबाव दिएको छ। अनशन स्थलमा पुगेर प्रहरीले केसीलाई उठाएर काठमान्डौ लैजान दबाब दिएको उनका भाइ किशोर केसीले जानकारी दिए । प्रहरी र डाक्टर केसीका समर्थकका कारण अहिले डढेल्धुरा अस्पताल तनावग्रस्त रहेको केसीले जानकारी दिए।

डडेल्धुरा अस्पतालले केसीको पिसाबबाट प्रोटिन गएकाले मिर्गौलामा असर पर्ने भन्दै हिजैबाट डाक्टर केसीको उपचार गर्न नसक्ने जनाएको छ। केसीको रक्तचाप र मुटुको धड्कन अनियमित भएकाले सुविधासम्मपन्न अस्पतालमा उपचार गराउनुपर्ने अस्पतालको भनाइ छ ।चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसी ६ दिनअघि डडेल्धुरा पुगेर अनशनमा बसेका छन् ।


प्रतिक्रिया दिनुहोस