पैसा हैन विकास चाहिएको छ : राजु आचार्य

कार्तिक २५, २०७६  

तुलसीपुर, २५ कार्तिक

Advertisement

तुलसीपुर उपमहागनरपालिका –२ का वडाध्यक्ष राजु आचार्यले पैसा भन्दा पनि विकास चाहिएको बताएका छन् । स्थानीय तहसंग रेडियो प्रकृति कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले यस्तो बताएका हुन् ।  तुलसीपुर उपमहागनरपालिकाले बजेट निकै कम दिएको भन्दै कतिपय वडाले गुनासो गरिरहेका बेला अध्यक्ष अचार्यले यस्तो बताएका हुन ।

Advertisement

‘ बजेट विगतको भन्दा यस बर्ष वडामा करिब पौने एक करोड कमी आएको छ तर विकास भने करिब ३ करोडको हुदै छ,’ अध्यक्ष आचार्यले भने– ‘त्यसकारण हामीलाई पैसा हैन विकास चाइएको हो ।’ थोरै रकमले धेरै धेरै काम गर्न प्राधिकरण गठन गरेको बताउदै अध्यक्ष आचार्यले बजेट देख्नका लागि कम भएपनि त्यो भन्दा बढी काम गर्न सकिने बताए ।

Advertisement

उपमहानगरपालिकाले प्राधिकरण गठन गरेपछि यस अघि वडामा गएको एक करोड ३० लाख बजेट कटौती गरेर ६२ लाख ५० हजार बजेट पठाएको छ । साविकको बजेटले भन्दा प्राधिकरण मार्फत वडामा बढी भौतिक पुर्वाधारको विकास हुने भएकाले आफु उत्साहित भएको वडाअध्यक्ष अचार्यले बताए । निर्वाचनको समयमा जनतामाझमा गरेका बाचा अहिले पनि सम्झिरहेको बताउदै आफनो कार्यकालसम्म पुरा गरी छोड्ने बताए । कार्यपालिका सदस्य समेत रहेका आचार्यले , सुरुमा आफु बस्ने घर समेत नभएको दुई नम्बर वडाले सिमित श्रोत र साधनका बिचबाट पनि सडक, शिक्षा, स्वास्थ्य, कृषी लगाएतका क्षेत्रमा फड्को मारेको बताए ।

‘वडाको आफनै घर थिएन हामीले घर बनायौ, बालापुर देखि भमके सडक जोड्ने सडक कालोपत्रे गर्ने चरणमा छ । मचोटदेखि कुइरेपानी सडक, १५ स्थानमा कलभर्ट बनाइसकेका छौ । मावि बालापुरको भवन निर्माण गरेका छौ । जनताले घर अगाडि स्वास्थ्य सेवा पाउने अवस्था सृजना गरेका छौ , कृषकलाई उत्साहित बनाएका छौ,’ अध्यक्ष आचार्यले भने धेरै कुरा गरेका छौ यद्यपी गर्दा गर्दै अझै पनि धेरै काम गर्न बाँकी छन् ।

 

 


प्रतिक्रिया दिनुहोस