एकलौटी उपभोक्ता समिति गठन गरेको विरोधमा वडा कार्यालयमा ताला

कार्तिक २५, २०७६  

तुलसीपुर २५ कात्तिक । तुलसीपुर उपमहानरपालीका वडा नम्बर १३ को वडा कार्यालयमा तालाबन्दी भएको छ । उपभोक्ता निर्माण समिति गठनमा एकलौटि गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तालाबन्दी गरेको हो । फूलवारी अन्तरगत राप्ती राजमार्गदेखि पनालीवोट सम्म जाने २ सय ९० मिटर सडक खण्ड कालोपत्रे गर्न गत आर्थिक वर्ष २०७५÷०७६ मा वडाको ४० लाख बजेट छुट्याइएको थियो ।
जुन बजेट खर्च गर्नका लागि वडाध्यक्ष डम्बर बहादुर न्यौपानेले राम कुमार देवकोटा अध्यक्ष रहेको ९ सदस्यीय समिति गत असारमै गठन गरेका थिए ।

Advertisement

तर समिति गठनमा एकलौटी तरीकाले गरेको भन्दै नेकपाले आपत्ति जनाउदै आएको थियो । त्यस्तै वडा नं. १३ मा ३ वटा मन्दिरहरु रहेको भएपनि ती मन्दिरहरुलाई एक रुपैंयापनि बजेट नदिएर वडा नं. १२ स्थित सितलपुर मन्दिरलाई ३ लाख रुपैंया बजेट दिएको ,माटोको ढिस्कोले पुरेर घाईते संगिता विकको उपचारको लागि वडाले कुनै पहल नगरेकोमा पनि नेकपाले विरोध जनाउदै आएको थियो । यसविविध विषयमा छलफल गर्न वडाध्यक्ष न्यौपाने संग समय माग्दापनि आनाकानि गर्ने गरेको नेकपाको आरोप छ । यता वडाध्यक्षले भने नियम संगत समिति गठन गरेको हुदा आफु कुनै हालतमा पछि नहट्ने बताएका छन ।


प्रतिक्रिया दिनुहोस