उपनिर्वाचनका लागी दाङमा उम्मेदवारलाई आज चुनाव चिन्ह प्रदान गरिदै

कार्तिक २५, २०७६  

दाङ, २५ कात्तिक । आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागी उम्मेदवारहरुलाई आज चुनाव चिन्ह प्रदान गरिदैछ ।गत विहिवार मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई आज चुनाव चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ । दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख अन्र्तगत पाँच नम्वर प्रदेश सभा सदस्य पदका लागी १२ राजनितिक दल र दुई स्वतन्त्र गरी १४ जनाले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारको दावी विरोध, जाँचबुझ ,उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जस्ता निर्वाचन प्रक्रिया पुरा गरी उनीहरुलाई चुनाव चिन्ह प्रदान गर्न लागीएको हो । मनोनयन दर्ता गराएका कसैले पनि आफनो उम्मेदवारी फिर्ता लिएका छैनन् ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार नेकपाको तर्फबाट बिमला कुमारी खत्री, नेपाली कांग्रेसबाट केशवराज शर्मा,राप्रपाबाट भुपाल रावत, समाजवादी पार्टीबाट डिल्ली बहादुर डाँगी, नेपाली काग्रेस विपिबाट दिपक कुमार धिताल, राष्टिय प्रजातन्त्र पार्टी सयुक्तबाट छोटीलाल थारु,साझा पार्टीबाट शिव कुमार चौधरी, नेपाल लोकतान्त्रिकबाट झरेन्द्र बहादुर खत्री,राष्टिय जनमुक्ति पार्टीबाट धनराज विश्वकर्मा,नेपाल कम्युनिष्ट पार्टीबाट हरि प्रसाद डाँगी, नेपाल मजदुर किसान पार्टीबाट सुरेस परियार ,मङगोल नेश्नलबाट घनश्याम चौधरी, स्वतन्त्रको तर्फबाट टिकाराम आचार्य र गोविन्द केसीले उम्मेदवारी दिएका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस