राज्यमन्त्रीद्वारा राजीनामा

कार्तिक २४, २०७६  

अत्तरिया, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन  । कञ्चनपुरको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन ।  राज्यमन्त्री रावलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन ।  अाफुम माथि लगाइएको आरोपको निष्पक्ष र सत्यतथ्य छानबिन होस् भनेर राजीनामा दिएको  जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य रावल २०७५ असोज २३ गते प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस