दाङका एक युवकको कुवेतमा मुत्यु

कार्तिक २४, २०७६  

दाङ,२४ कात्तिक । कुवेतमा एक नेपालीको उपचारका क्रममा निधन भएको छ । राहदानी नम्बर ११०३६३९० भएका दाङ घोराही उपमहानगरपालिका –२, सुकेडाँगीका ३६ वर्षीय जबिन्द्र परियारको शनिबार राति निधन भएको हो । जबिन्द्र रेष्टुरेन्टमा कुकको कामका लागि कुवेत गएका थिए । कुवेत गएको ४३ दिनमै उनको निधन भएको मृतकका भाइ शैलेन्द्र परियारले जानकारी दिए ।
अक्टोबर २ तारिखका दिन एक्कासी टाउको दुख्ने र धेरै ज्वरो आउने भएपछि उनलाई तत्काल फवार्नियाको सिफा अल जाजिरा अस्पताल र्पुयाइएको थियो ।

Advertisement

त्यहाँ उपचार सम्भव नभएपछि फवार्निया अस्पताल रिफर गरिएको बताईएको । जबिन्द्रलाई ‘ब्रेन टीबी’ भएको र त्यसैको कारण ज्यान गएको अस्पतालले जनाएको बताईएको छ ।मृतक परियारका बारेमा दूतावासमा जानकारी भइसकेको बताइएको छ । सम्बन्धित निकायसँग समन्वय गरेर शव चाडै नेपाल पठाउन पहल गर्ने नेपाली राजदूतावास कुवेतकी द्वितीय सचिव जानकी ओझाले बताईन् ।


प्रतिक्रिया दिनुहोस