उम्मेदवार विरुद्ध कसैको पनि दावी विरोध उजुरी परेन

कार्तिक २२, २०७६  

दाङ, २२ कात्तिक । आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागी विहिवार मनोनयन दर्ता गराएका उम्मेदवारहरु विरुद्ध शुक्रवार कसैको पनि दावी विरोधको उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले जनाएको छ ।दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख अन्र्तगत पाँच नम्वर प्रदेश सभा सदस्य पदका लागी १२ राजनितिक दल र दुई जना स्वतन्त्र गरी १४ जनाले मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङमा मनोनयन दर्ता गराएका थिए ।

Advertisement

निर्वाचन आयोगको कार्यतालिका अनुसार विहिवार मनोनयन दर्ता गराएका उम्मेदवार विरुद्ध शुक्रवार दावी विरोध गर्न सकिने व्यवस्था थियो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार कसैको विरुद्ध दावी विरोध परेको छैन । शनिवार उम्मेदवारहरुको जाँचबुझ हुनेछ भने आईतवार २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत थापाले बताएका छन् । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेसंगै २५ गते सोमवार उनीहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस