दाङमा कांग्रेसबाट दुई जनाको उमेदवारी

कार्तिक २१, २०७६  

तुलसीपुर, २१ कात्तिक 

Advertisement

प्रदेश सभा सदस्य पदका लागि दाङमा नेपाली कांग्रेसबाट दुई जनाले मनोनयन दर्ता गराएका छन् । मंसिर १४ गते हुन गैरहेको उपनिर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं ३(ख) मा प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसबाट केशवराज शर्मा र नेपाली कांग्रेस वीपीबाट दिपक कुमार धितालले मनोनयन दर्ता गराएको निर्वाचन कार्याल दाङले जानकारी दिएको छ ।

राजनितिक दल र स्वतन्त्र गरी १४ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । नेपाली कांग्रेस वीपीको दाङमा त्यति प्रभाव नभए पनि आंशिक रुपमा भोट नेपाली कांग्रेसकै काट्ने अड्कलबाजी समेत गरिन थालिएको छ ।

 


प्रतिक्रिया दिनुहोस