उपचुनावको लागी दाङमा १४ जनाको उम्मेदवारी दर्ता , स्वतन्त्रबाट दुई जनाको उम्मेदवारी

कार्तिक २१, २०७६  

तुलसीपुर, २१ कात्तिक ।आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागी उम्मेदवारहरुले विहिवार मनोनयन दर्ता गराएका छन् । यता दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख अन्र्तगत पाँच नम्वर प्रदेश सभा सदस्य पदका लागी राजनितिक दल र स्वतन्त्र गरी १४ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार नेकपाको तर्फबाट बिमला कुमारी खत्री, नेपाली कांग्रेसबाट केशवराज शर्मा,राप्रपाबाट भुपाल रावत, समाजवादी पार्टीबाट डिल्ली बहादुर डाँगी, नेपाली काग्रेस विपिबाट दिपक कुमार धिताल, राष्टिय प्रजातन्त्र पार्टी सयुक्तबाट छोटीलाल थारु,साझा पार्टीबाट शिव कुमार चौधरी, नेपाल लोकतान्त्रिकबाट झरेन्द्र बहादुर खत्री,राष्टिय जनमुक्ति पार्टीबाट धनराज विश्वकर्मा,नेपाल कम्युनिष्ट पार्टीबाट हरि प्रसाद डाँगी, नेपाल मजदुर किसान पार्टीबाट सुरेस परियार ,मङगोल नेश्नलबाट घनश्याम चौधरी, स्वतन्त्रको तर्फबाट टिकाराम आचार्य र गोविन्द केसी रहेका छन् ।

Advertisement

स्वर्गिय सांसद उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछी उक्त पदका लागी उपनिर्वाचन हुँदैछ । १४ जना उम्मेदवार मध्ये विमला खत्री स्वर्गिय सांसद वलीकी धर्मपत्नी हुन् । यस्तै कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदका लागी सत्तारुढ दलसँगै अन्य दलले आफ्नो उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन् । नेकपाको तर्फबाट उम्मेदवार विद्या भट्टराईले एक नम्बरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको समर्थकममा प्रभा कोइराला र प्रस्तावकमा कृष्णबहादुर थापा रहनुभएको छ ।

यस्तै नेपाली कांग्रेसका खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।यस्तै भक्तपुर २ ‘ख’मा हुने उपचुनावमा नेपाली कांग्रेसका कृष्णप्रसाद भँडेलले उम्मेदवारी दिएका छन् । यस्तै बागलुङमा क्षेत्रनम्बर २ ‘ख’ मा नेपाली कांग्रेसका जितबहादुर शेरचनले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावमा नरजंग घर्ती र समर्थकमा ज्ञानकुमारी छन्त्याल छन् ।विहिवार मनोनयन दर्ता गरेका उम्मेदवारहरुको कार्तिक २२ गते दावी बिरोधमा उजुरी दिने, २३ गते उजुरी माथी जाँचबुझ गर्ने र सोही दिन उमेद्वारहरुको नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको कार्यालयले बताएको छ ।


प्रतिक्रिया दिनुहोस