तुलसीपुर, २१ कार्ति
सासुले धारीलो हतियार प्रहार गर्दा दाङमा जवाई गम्भिर घाइते भएको प्रहरीले बताएको छ । घाइते हुनेमा शान्तिनगर गाउँपालिका –३ निबासी ३१ बर्षका गणेश चन्द रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए । घाइतेको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा समान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिको प्रहरीले बतएको छ ।
घोराही उपमहानगरपालिका –८ नाराणपुरमा ससुराली गएका चन्द र उनकी श्रीमती बिच कुटाकुट हुँदा सासु मधुकुमारी मल्लले धारिलो हतियार प्रहारगरी घाइते बनाएकी हुन् । सासुले छोरीलाई किन कुटपिट गरेको भन्दै हतियार प्रयोग गरेको प्रहरीले जानकारी दिएको छ । सासुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७६ कार्तिक २१ गते बिहिवार