रामायणको सार यस्तो रहेछ -( विचार )

कार्तिक २१, २०७६  

 

Advertisement

रामबहादुर जिसी

चर्चित रामायण ग्रन्थका मुख्य पात्र तथा नायकहरु  दशरथ,जनक,राम,सीता,लक्ष्मण,भरत,शत्रुघ्न,कैकयी,कौशल्या,सुमित्रा,हनुमान,रावण,कुम्भकर्ण,बिभिषण,वाली,सुग्रीब,वाल्मीकि ऋषि इत्यादि पात्रहरुको नाम सुने पनि ती सबैको चरित्र अभिनय र भूमिकाबारे उपरी र छिपछिपे ज्ञान मात्र थियो।बाल्मिकि ऋषि द्वारा रचित रामायण ग्रन्थलाई नेपाली पद्यमा अनुबाद गरि नेपाली भाषा साहित्यलाई अतुलनीय योगदान पुर्याएका तनहुँ निवासी आदिकबी भानुभक्त आचार्यले लेखेको पुस्तक बजारमा आएको खबरले त्यस प्रति आकर्षित भएको थिएं।

पढ्न रुचि जागेको तर अन्य बाहिरी साहित्य,दर्शन तथा ज्ञान,बिज्ञानका पुस्तकहरु अध्ययनमै समय खर्चनु परेको हिसाबले र एक किसिमले नढाटी भन्नुपर्दा रहस्यमय अलौकिक अध्यात्म दर्शन,मिथकिय सोच र काल्पनिकी साहित्य रचनामा उति साह्रो रुचि तथा बिश्वास नभएको र त्यस प्रती आग्रही मतले गर्दा पनि रामायण,महाभारत,गीता जस्ता महत्त्वपूर्ण ग्रन्थहरु पढ्न नभ्याएको र छुटेको सत्य साचो थियो।यसैक्रममा मेरो पुस्तक अध्ययन प्रतिको रुचि र लगावलाई ख्याल राखी म संगै नजिक रहनु भएका साथीहरुले ूजि।सि।जि१के तपाईंले रामायण,महाभारत र गीता पढ्नु भयोरुूती पुस्तकहरु पनि पढ्नुपर्छ है,यस्तो पढ्ने मान्छेले त ती पुस्तकहरु पढी भ्याउनु भएको होला भन्ठानेको त पढ्नु भएकै रहेनछ भन्ने व्यंग्य प्रहारले म थुप्रैपटक घाइते भै रन्थनिएकोले पनि ती पुस्तकहरु पढ्ने भोक जागेको थियो।त्यही घाइते मनस्थिति र ज्ञानको भोक मेट्ने तिब्र अभिलाषा पूरा गर्ने हेतु रामायण खरिद गरि अद्धोपान्त अध्ययन गरि आफू लाई लागेका कुरा अभिव्यक्त गर्ने धृष्टता गर्दैछु।यसै मेसोमा जागीरबाट बचेको समयलाई भरपुर सदुपयोग गर्दै पछिल्लो समय मैले अध्यात्म दर्शनका पुस्तकहरु खरिद गरि त्यसलाई नियाल्ने जमर्को पनि गर्दै छु।केही समय पहिले चर्चित ग्रन्थ गीता,गरुडपुराण पढी भ्याइ त्यसबारेमा प्रकाश पारेको थिएं। महाभारत,मनुस्मृति,बौद्ध दर्शन सम्बन्धि पुस्तक खरिद गरि सकेको छु,पढ्न बाकी छ भने चारबेदको सार खरिद लिष्टमा रहेको छ।
माथि चर्चा गरिए झै रामायणमादशरथ,जनक,राम,सीता,लक्ष्मण,भरत,शत्रुघ्न,कैकयी,कौशल्या,सुमित्रा,बिश्वामित्र,बशिष्ठ,वाल्मीकि,नारद,दधिबल,भारद्वाज,पुलत्स्य,बिश्रवा,कैकसी,सुमाली,गुह,कुबेर,राबण,कुम्भकर्ण,बिभिषण,शुपर्णखा,मन्दोदरी,बाली,सुग्रीब,हनुमान,नारान्तक,अहिराबण,इन्द्रजित,अगङ्द,पुष्कल,बिरमणी,सुरथा,लब,कुश,जटायु,शुक दम्पती,सम्पाती इत्यादि जस्ता पात्रहरुको मूख्य चरीत्र चित्रण द्वारा रामायण कथिएको र रचिएको छ।बालकाण्ड,अयोध्याकाण्ड,अरन्यकाण्ड,किष्किन्धाकाण्ड,सुन्दरकाण्ड,युद्दकाण्ड,उत्तरकाण्ड गरि ७ काण्डमा आधारित रहि राम लिलारकहानीलाई अगाडि बढाइएको छ।रामायणको बिषय सूची बालकाण्ड अन्तर्गत शुरुमै नारद,बह्रमा,शिव,पार्बतिको संवाद द्वारा रामायणमा अभिब्यक्त हुने सम्पूर्ण ब्यहोराहरु कथ्य सामाग्री र पेटबोली ओकल्न तथा कहन लगाइएको छ।जस अन्तर्गत सबै लोकहरुमा रहेका देवता,इन्द्रादिहरुको राज्य सुख तथा ध्यान,यज्ञलाई राबण खलकले सास्ती र हैरानी दिएकोमा,उनीहरुको सम्पत्ति हरण र नोक्सानी पुर्याएकोमा इन्द्र देवताहरुले बह्रमालाइ आफ्नो दुस्ख बिसाउदै त्यसबाट छुटकारा पाउन र राबण खलकलाइ मार्न र मराउन भूमिका खेलिदिनुपर्ने अनुनयलाइ बह्रमाले ध्यानपूर्वक सुनी राम द्वारा राबणको अन्त्य तथा मरण निश्चय हुने बरदान दिएको,अन्याय,शोषण तथा असत्यको बिरुद्ध सत्य तथा न्यायको जित हुने दृष्टिचेत र परिकल्पना अनुसारनै रामलिला कहानीलाइ अगाडि बढाइएको छ।

कथा अनुसार अयोध्याका राजा दशरथका छोरिहरु मात्र हुनु,छोरा नहुदा दुखी र चिन्तित देखिएकोमा बशिष्ठ ऋषिको सुझाब र बरदान पाई दशरथका ३ वटै श्रीमतीले पायस खाइ गर्भिणी हुनु,जस अनुसार रानी कौशल्याबाट राम,कैकयिबाट भरत,सुमित्राबाट लक्ष्मण र शत्रुघ्न जन्मन पुगेको कुरा उल्लेख गरिएको छ।त्यस्तै पुस्तकमा बिश्वामित्र ऋषिले राजा दशरथ कहाँ आइ आफूले गर्न खोजेको होम,यज्ञ नाश गर्ने र उपद्रो मच्चाउने मारिच,सुबाहु जस्ता राक्षसलाई मार्नको खातिर गुरु बशिष्ठको अनुमति लिएर आफू कहाँ लिने र शिक्षित तथा दिक्षित तुल्याउने हेतु अनुसार आफू संग लिइ दिक्षित तुल्याएको,होम,यज्ञमा उपद्रो गर्ने र विध्वंस मच्चाउने मारिच र सुबाहु जस्ता राक्षसहरुलाइ राम लक्ष्मण द्वारानै मार्न लगाएको प्रसङ्ग पनि पुस्तकमा उल्लेख गरिएको छ।त्यस्तै गरि पुस्तकमा राजा जनककी छोरीको जन्माइ,हुर्काइ,राम संग सीताको बिबाह के कसरी सम्पन्न हुन पुग्योरुराजा दशरथले आफ्नी रानी कैकयिको कुरा किन काट्न सकेनन्रुआखिर कैकयिकै आग्रहमा जेष्ठ सुपुत्र रामको राज्य सुख र हकाधिकारलाई खोसी रामलाई १४ बर्षको बनवास यात्रा तय र भरतलाइ राज्य सुख दिनमा किन राजी भएरुबुवा दशरथको यो निर्णयलाई खुद भरत,लक्ष्मणहरुले किन बिरोध गरेरुलक्ष्मणले त दशरथको यो निर्णय प्रती क्रोधित बनी बुवालाइ बाध्ने र निर्णय सच्याउनमा आन्दोलित हुने निष्कर्षमा पुगेरुतर त्यो निर्णयलाई रामले सिरोपर र आज्ञा पालन गर्दै आन्दोलित भाइहरुलाइ कसरी सम्झाएरुर अन्तत पत्नी सीता,भाइ लक्ष्मण सहित १४ बर्षे बनवास यात्रा तय गरेरुयसबारेमा निकै रोचक साथ प्रस्तुत गरिएको छ।त्यस्तै बनबास यात्राको पहिलो रात्री बास राम भक्त गुह र पाचौं रात्रि बास वाल्मीकि ऋषि कहाँ बसेको,बाल्मिकिले आफू पहिले ब्याधा भएको,सप्त ऋषिको कृपाले रामनाम उल्टा जपि सज्जन र सत्चरित्रलाई अपनाएको प्रसङ्ग पनि उल्लेख गरिएको छ।त्यस्तै पुस्तकमा आफ्नो सहोदर छोरा रामलाई बनबास पठाइएको,रानी कैकयिको सामुन्ने लुते बनेको र गलत निर्णय लिएकोमा रानी कौशल्याले गरेको कटु वचन र कटाक्ष सहन गर्न नसकी शोकमानै रहेको अबस्थामा राजा दशरथको मृत्यु हुन पुगेको,बुवा दशरथको छिटो मृत्यु हुनुमा आफ्नी आमा कैकयिनै दोषी रहेको भन्दै भरत,आमा कैकयी संग रिसाइ यसमा आफ्नो कुनै दोष नरहेको कुरा जाहेर गर्न कौशल्या र गुरु बशिष्ठ कहाँ गएको,बुवा दशरथको अन्तेष्टि कृया सप्पन्न गरि आफ्नी आमा कैकयिको निष्ठुर प्रबृत्ति प्रती असहमत जनाउदै राम,सीता र लक्ष्मणलाई खोज्दै बनबास यात्रा तय गरेको राम भक्त गुह,भारद्वाज ऋषि संग भेटवार्ता गर्दै वाल्मीकि आश्रममा पुगि अन्ततः राम,लक्ष्मण र सीता संग भेट गर्न सफल रहि दाजुहरुलाइ अयोध्या फर्कन अनुनय गरेको,यस अबस्थामा राम,लक्ष्मण,भरत बिचको निस्वार्थ भातृत्व र अपनत्व प्रेम,एक अर्कालाई गर्ने उच्च आदर,संमान भाव प्रसङ्ग निकै रोचक साथ प्रस्तुत गरिएको छ।त्यस्तै रानी कैकयिले समेत आफ्नो छोरा भरतलाइ राज्य भोग गर्न रामलाई बनबास पठाउने,राजा दशरथलाई उक्साएको निर्णय आफैमा गलत र सनकी व्यबहार भएको भन्दै पछुताएको प्रसङ्ग पनि पुस्तकमा उल्लेख गरिएको छ।

त्यसैगरी पुस्तकमा अरन्यकाण्ड अन्तर्गत अगस्ती ऋषि आश्रमबाट बनको बाटो हुदि राम,सीताको जोडीलाई बिरोध नामक राक्षसले डर धम्की दिदै मार्ने धृष्टता गरेकोमा त्यसको प्रतिकार गरि बिरोधको बध गरेको,बाटो हुदि रावण बहिनी शुपर्णखा संग भेटवार्ता र लक्ष्मण द्वारा नाक,कान,समेत काटन लगाइ बुचो बनाइ फर्काइदिएको,खर,निशर र दुशण नामक रावण भाइ राक्षसहरुलाइ प्रतिकार गर्दै मारेको प्रसङ्ग पनि उल्लेख गरिएको छ।त्यस्तै पुस्तकमा आफ्नो सहोदर बहिनी शुपर्णखाको राम,लक्ष्मणले अपमान र बेइज्जतपूर्ण हिसाबले नाक,कान समेत काटी बुचो बनाइ हेपेको,भाइहरुको समेत मरण भएको बिषयले रावण आक्रोशित र उत्तेजित हुँदै लंकाबाट समुन्द्र तरि ऋषिको भेष बदली मारिच कहाँ पुगि रामलाई छल गरि सीताबाट टाढा भगाउनमा आफूलाई सहयोग गर्नुपर्ने नत्र ज्यान लिने धम्की दिए पश्चात् मारिचले मृग रुप धारण गरि राबणले भने बमोजिम गर्न बाध्य भएको जस अनुसार राबणले सीताको सहजै अपहरण गर्न सफल रहेको प्रसङ्ग पनि पुस्तकमा उल्लेख गरिएको छ।रामले मारिच बध गरि आश्रममा फर्किदा सीता नभएको र राबणले हरण गरेको आशंकामा चिन्तित हुँदै र र्भौतारिदै सीताको खोजीमा निस्कदै गर्दा लक्ष्मणको जटायु संग भेट प्रसङ्ग,कबन्धको उद्दार,रामको शबरि संग भेट भए पश्चात् शबरिकै सल्लाहमा सुग्रीब संग मितेरी गासेको,सुग्रीबकै दाजु बालिले आफ्नी पत्नी भोग समेत गरि अत्याचार गरेकोले त्यसलाई ठेगान लगाउनुपर्ने सुग्रीबको राय अनुसार सुग्रीब,बालिको लडाइँमा सुग्रीबको पक्ष लिदै बालिको बध गरेको र बाली बध पश्चात् बाली पत्नी ताराको पति बियोगमा बिलाप,सुग्रीबले राज्य पाएको,रामद्वारा लक्ष्मणलाइ कृयायोगको बर्णन,सीतालाइ खोज्न हिडेका सुग्रीब लगाएत बानरहरुले सीता हरण भएको ठाउँ पत्ता लगाउन नसकि हार खाइ बानरहरु मर्ने निश्चय गर्दै रहेको अबस्थामा जटायु गिद्दको दाजु सम्पात्ति संग भेट,सम्पात्तिले सीता हरण भएको ठाउँ लंका रहेको र त्यहाँको वातावरण र अबस्थितीबारे सूचना बताए अनुसार त्यही बाटो पहिल्याउदै सुग्रीबका मन्त्री हनुमान लंकामा पुगि सीता संग भेट गरेको र राबण द्वारा हनुमानलाई सजाय स्वरुप पुच्छरमा आगो लगाइ दिई छाडेकोमा हनुमानले लंका दहन गरि सीता बस्ने ठाउँ पत्ता लगाइ फर्किएको रोचक प्रसङ्ग पनि पुस्तकमा समाबिष्ट गरिएको छ।

त्यसैगरी श्रीसति सुलोचना शिर्षक अन्तर्गत राबण पुत्र इन्द्रजित जसको शुरुको नाम मेघनाथ रहेको,लडाइँमा राजा इन्द्रदेबलाइ हराएको हुँदा पछि इन्द्रजित नाम रहन गएकोमा ईन्द्रजीतलाइ लक्ष्मणले बध गरे पछि इन्द्रजितको पत्नी सुलोचनाले आफ्नो वीर पति इन्द्रजितको मृत शरीर संगै सति गै मरण गर्ने मनसुवा राखी राम लक्ष्मण भएको ठाउँ पुगि अनुनय गरे अनुसार सुलोचनाको गुनासो सम्बोधन गर्नको लागि रामले इन्द्रजितको मृत शरीरको शिर दिन लगाएको र मृत पतिको शिर संगै सति गै मरण गर्ने इच्छा जाहेर गरेकी सुलोचनालाई रामले पतिब्रता नारीको उदाहरण दिदै स्याबासी,प्रस्रय र ढाडस दिएको बरु राबणले छोराको हत्या भएको खबरमा दुखी र चिन्तित भए पनि बुहारीको यस कार्यलाई समर्थन गर्न नसकिने र सति जांदा स्वर्गमा बास पाइने भन्ने धारणा गलत,बकवास र फन्टुस हर्कत भएको राय प्रकट गरेबाट त्यस प्रसङ्गमा राम भन्दा राबणमा प्रगतिशील र अग्रगामी बिचार रहेको यसै बुझिन्छ।यद्यपि रामले सबैको इच्छा पूरा गर्ने हेतुले सो कुरालाई समर्थन गरेको हुनुपर्छ भन्ने भनाइ रहे पनि आजको चेतनामा हेर्दा रामको त्यस भनाइ र आशय संग किमार्थ सहमत हुन सकिदैन।त्यस्तै पुस्तकमा राबणले हेलाहोचो गरि सागरमा बगाइ दिएको छोरा नारान्तक बेह्वाल राज्यमा राजा भै बसेकोमा उसको शान,सौकात सैन्य टोलि समेत रहेकोेले राम लक्ष्मणले चलाएको युद्द संग्राममा उसको उपस्थितिको खाचो महशुस गरि छोरा नारान्तकलाई झिकाइ युद्द संग्राममा पठाएकोमा नारान्तकले केही समय बिरता र सौर्यता पर्दर्शन गरेपनि उ हनुमान र अगंदद्वारा मारिन पुग्छ।

छोरा नारान्तकको हत्या हुन पुगेको खबरले क्रोधित र ब्याकुल राबणले पातालमा सुख भोग गरेको अर्को वीर छोरा अहिराबणलाइ झिकाइ युद्ध संग्राममा पठाउनु,युद्द कौशलमा निपुण अहिराबणले आफ्नो मायावी जाल र कपट प्रयोग गरि राम लक्ष्मणलाई समेत छल गरि कैदमा पारी पाताल पुर्याउन सफल भएको,राम लक्ष्मण हराइ बेपत्ता हुँदा चिन्तित हुँदै खोजी कार्यमा जुटेका हनुमानले बाटो हुदि बृद्द उमेरका युगल गिद्द्को जोडीले राम लक्ष्मणलाइ पातालमा पुर्याइएको,देबि द्वारा राम लक्ष्मणलाई बलि दिई मार्ने र त्यसको मासु आफूले खान पाइने कुरा गरेको एकापसमा संवाद सुनी तत्काल पाताल पुगि मारिन ठिक्क पारेको अबस्थामा देबिलाइ भेट्दै अहिराबणलाइ बध गरि राम लक्ष्मणलाइ आफैले बोकि अयोध्या पुर्याएको रोचक प्रसङ्ग पनि प्रस्तुत गरिएको छ।

त्यसै गरि पुस्तकमा आफ्ना भाइ,भतिजा र छोराहरुको एकएक गरि हत्या हुन पुगेको खबरले आक्रोशित र चिन्तित भएको राबणले गुरुको आज्ञामा होम विधि तय गरि थप शक्ति संचय गरि युद्द संग्राममा जुटि बिजय हासिल गरि छाड्ने योजना अनुसार होम गरिरहेको सूचना राबण भाइ बिभिषणले थाहा पाई तत्क्षण सो बारेको सूचना राम,लक्ष्मणलाइ दिई होम यज्ञ गरिरहेको ठाउँमा पुगि युद्द्मा जाइ लागि राबणको एक छत्र हाइहुकुम,दबदबालाई छिन्नभिन्न पारी राबण लगाएतका राक्षस खलकहरुको बध गरेको र अपहरित सीतालाइ सकुशल फिर्ता ल्याउन सफल भएको घटना बिबरण पनि कम्ता रोचक र कौतहल साथ प्रस्तुत गरिएको छैन।त्यस्तै गरि त्यस प्रसङ्गमा राबण,कुम्भकर्ण र बिभिषण तीन दाजु भाइ बिचको स्वभाव,आचरण,सम्बन्ध,टकराव,स्वार्थ र भाइचाराको उतारचढाव श्रृङ्खला पनि निकै रोचक साथ प्रस्तुत गरिएको छ।त्यसै गरि पुस्तकमा राबण बध पछि बिभिषणको राज्याभिषेक,सीताको अग्नि परिक्षा,राम,लक्ष्मण सीता,सुग्रीब,हनुमान,बिभिषण सहितको टोलि लंकाबाट अयोध्याको यात्रा तय,भारद्वाज ऋषि आस्रममा आतिथ्यता,अयोध्यामा राज्य सुख भोग गरिरहेका भरत र राम,लक्ष्मण,सीताको मिलाप प्रसङ्ग,रामको राज्याभिषेक सम्पन्नका घटना बिबरण र चरित्र चित्रण पनि निकै रोचक साथ प्रस्तुत गरिएको छ।त्यसै गरि पुस्तकमा आठकाण्ड रामायण उत्तरकाण्ड अन्तर्गतको रावणादी राक्षसहरुको पूर्व चरित्र अनुसार पुलस्त्य ऋषिका छोरा बिश्रवालाइ भार्द्वाज ऋषिले छोरी दिएकोमा त्यस तर्फबाट कुबेरको जन्म भएको,कुबेरले ब्रह्माको ध्यान योग गरे पछि ब्रह्मा खुशी भै पुष्पक विमान,धन दौलत दिएकोमा सबै भएको तर बास नपाएको गुनासो बुवा बिश्रवा समक्ष गरेकोमा लंका राज्य खाली भएकोले त्यहाँ गै राज्य सुख भोग गर्न सुझाएको,राक्षस सुमालिले छोरी कैकसिलाइ बिश्रवा ऋषि संग गै ऋतुदान माग गर्दा कैकसिको गर्भबाट राबण,कुम्भकर्ण,बिभिषिण र छोरी शुपर्णखा जन्मिएको,राक्षसहरुले राज्य स्थापना गरेको विवरण,बाली सुग्रीबको पूर्व चरित्र अनुसार इन्द्रको बिर्यबाट बाली र सुर्यको बिर्यबाट सुग्रीब जन्मिएको प्रसङ्ग पनि निकै कौतहलताका साथ समेटिएको छ।त्यस्तै राम सनतकुमार संवाद,राम राज्यको बर्णन तथा सीता बनबासको कथा सारलाइ पनि निकै रोचक साथ अर्थ्याइएको र थप स्पष्ट पारिएको छ।

त्यसै गरि अथ राम गीता शिर्षक अन्तर्गत सांसारिक माया,भौतिक तथा आत्मिक सुख,लोक हितको बर्णन सम्बन्धमा रामको जन्म हुनाको कारण र भूमिकाबारे लक्ष्मणले राम संग सोध्ने र जिज्ञासा मेट्न चाहदा त्यसबारेमा रामले लोक हितका खातिर गरेका,गर्नुपर्ने काम कर्तव्यका बारेमा कहेका र भनेका शब्द ब्यहोरा प्रसङ्ग पनि निकै मार्मिक,तार्किक गुढ रहस्य र बौद्धिक बिमर्शका रहेका छन्।त्यस्तै रावण द्वारा अपहरित सीतालाइ मुक्त गरि फिर्ता ल्याएकोमा सीताको सतित्व प्रती प्रश्न उठाउदै लोकले निन्दा चर्चा गर्यो भनी राम द्वारा गर्भिणी पत्नी सीतालाई मानमर्दन, अपमानजनक र निष्ठुर रुख अपनाइ बनमा खेदेकोमा वाल्मीकि ऋषिले खेदिएकी र अपहेलित सीताको उद्दार गरि संरक्षण गरेको,छुट्टै आश्रम बनाइ राखेको,सीताबाट लब र कुश जस्ता जुम्ल्याहा छोराहरु जन्मिएकोमा वाल्मीकि ऋषि द्वारानै ती द्वयलाइ शिक्षा,दीक्षा दिएको प्रसङ्ग पनि कम्ता रोचक साथ प्रस्तुत गरिएको छैन।त्यसैगरी रामाश्वमेघ काण्ड अन्तर्गत राजा जनकले सीता कसरी भेटाएरुअथार्त सीता जन्म पृष्ठभूमि,शुक दम्पत्तीरसुगा सुगिनिको वार्ता संवाद,गर्भिणी सुगिनीलाई सीताले पिंजरामा राखी आफ्नो युगल जोडी छुटाइदिएको भन्दै सीतालाइ दिएको श्राप र त्यही श्रापको कारण गर्भिणी सीतालाई रामले त्यागेको र संताप तथा बियोगमा बस्नु परेको प्रसङ्गलाई पनि निकै रोचक साथ प्रस्तुत गरिएको छ।

त्यस्तै पुस्तकमा राबण पुलस्त्य ऋषिको नाती,बिश्रवा ऋषिको छोरा भएको र अन्त्तत उनी ब्रह्माण कुलको रहेकोले राम द्वारा राबण खलकको बध हुन पुगेकोमा ब्रह्म हत्या पाप भएको ठानी त्यसबाट छुटकारा तथा पापमोचनको लागि अगस्ती ऋषिको सुझाब र राय अनुसार विधि पूर्वक अश्वमेघ यज्ञ सम्पन्न गर्नुपर्ने कुरालाई ध्यान राखि ऋषि महर्षिहरुलाइ भेला गराइ सोधपुछकै क्रममा रामले अगस्ति संग गृहप्रस्थान घरमै बसेर कसरी गर्ने भन्ने बारे जिज्ञासा राख्दा अगस्तीले त्यसबारेमा सुनाएका ब्यबहारिक,सामाजिक ज्ञानमूलक र नैतिक मूल्यमान्यताका बिषय प्रसङ्गहरु पनि निकै घतलाग्दो किसिमले बर्णन गरिएको छ।यसै क्रममा अश्वमेघ यज्ञ सप्पन्न खातिर श्यामकर्ण हय घोडा छनौट गरि हिरा मोति,सुनकोपत्र जडित सो घोडालाइ पांचाल देश घुम्न पठाएको,हय सुरक्षार्थको लागि राम भाइ शत्रुघ्न,भरत पुत्र पुष्कल सुग्रीब मन्त्री हनुमान लगाएतको सैन्य टोलि परिचालित र त्यसक्रममा श्यामकर्ण घोडालाई पक्री युद्द निम्त्याउन चाहानेहरु सुबाहु पुत्र,दमन,सुबाहु,बिद्धुतमाली,राम भक्त बिरमणी र उनका पुत्र रुक्मांगद,सुरथ,राम सीता पुत्र द्वय लब,कुशको बिरता तथा सौर्यताको गाथा प्रसङ्ग पनि निकै रोचक साथ प्रस्तुत गरिएको छ।

निष्कर्षमा ( यसरी शुरुमा चर्चा गरिएझै रामको जन्म हुनुमा पृथ्वीको भु भारको अन्त्य गर्न स्वर्गमा रहेका इन्द्रादी देउताहरुलाइ रावण,राक्षस खलकहरुले अन्याय,थिचोमिचो,उपद्रो र ज्यादती गरि सुख,शान्ती बस्न,खान नदिएकोमा इन्द्रादी,देवताहरुको सुरक्षा कबच बन्दै रावणरराक्षस खलकहरुलाइ नाश गरि लोकको हितको खातिर विभेद र शोषण रहित,समतामूलक न्यायपूर्ण शासन प्रणाली लागू गर्नमानै रहेको बुझिन्छ।यसको लागि खुद आफूले स्वभाबिकरुपमा पाउनुपर्ने राज्य सुखको हकाधिकारलाइ समेत लत्याइ,भाइहरु बिच भातृत्व र अपनत्व कायम राख्दै सौतेनी आमा कैकयी र भाइ भरत संग समेत कुनै कटुता,द्वयष,र बैरभाव नराखि बुवाको आज्ञा शिरोपर गर्दै १४ बर्षे कठोर बनबास यात्रा तय गर्नु,लोकले पत्नी सीताको सतित्व प्रती सामान्य प्रश्न उठाउना साथ आफ्नी पृय जीवन संगीनीलाई समेत त्याग गर्न तयार हुनु,सदा धैर्य,शहनशिलता र बिबेकी धारणा अपनाउनु,जीवन पर्यन्त दुस्ख र संघर्षलाई अंगाली आफ्नो पदिय मर्यादा र कर्तव्यलाई शिरोपर गरि तदनुकुल आचरण,व्यबहार गरेकोलेनै राम एक आदर्श पुरुष ब्यक्तित्वमा सदा स्मरणीय हुन पुगेको व्याख्या विश्लेषण गर्ने गरिएको छ भने रावणलाई अर्काको पत्नी हरण गर्ने,देवताहरुको यज्ञ,ध्यान साधना बिथोल्न खोज्ने र सुख शान्ति लुट्न खोस्न उद्दत ब्यक्तिको रुपमा दर्ज गर्दै घृणा,निन्दा भर्त्सना र अनादरका साथ हेरिने र बुझिने गरिएको छ।

के त्यो बुझाइ र ठम्याइमा निश्पक्ष मूल्याकंन छ तरुके त्यो बिश्लेषण बस्तुसम्मत छ तरुमेरो बुझाइमा रामको चरित्र र नायकत्वलाइ अति प्रशंसा र गुणगान गाउदै उनका स्वभाबिक रुपमा देखिएका कमजोरी र दोषलाई नामालुम र अनदेखाको रुपमा हेरि रावणलाइ अर्काको पत्नी हरण गर्ने र इन्द्रादि देवताहरुको सुख शान्त खोस्ने ब्यक्तिको रुपमा चित्रीत गर्दै निन्दा,गाली र भर्त्सनाको रुख अपनाउनु बस्तुसम्मत र न्याय संगत विश्लेषण हुन सक्दैन।किनकी राम कहानी कथा अनुसार पनि शुरुमा लंकामा रावणरराक्षसहरुकै एकलौटी राज्य,शासन सत्ता रहेकोमा त्यहाँ बिष्णु भगवान गै उनिहरुको राज्य र शासनाधिकार खोसी धपाइ पाताल जान बाध्य बनाएकोमा राक्षसहरु स्वबाबिक रुपमा देवताहरु संग प्रतिशोध र बदलाभाव लिइ आफ्नो गुमेको राज्य फिर्ता र शासनाधिकार पुनर्स्थापना गर्न चाहान्थे।यहि मेसोमा बिश्रवा पुत्र रावण र राबण पुत्र इन्द्रजित लगाएको टोलि लंकामा पुगि लंकामा राज गरिरहेका सौतेलु दाजु बिश्रवा पुत्र कुबेर लगाएत संग जाइ लागि देवताहरुलाई पराजित गरि लंका कब्जा गर्न सफल रहेकोे र आफ्नो गुमेको राज्य र सत्ता पुनःहात लागि गरेको देखिन्छ भने रावण बहिनी शुपर्णखाले शुरूमा भरत संग र पछि राम संग बिबाह प्रस्ताव राख्दा दुबैले आफ्नो प्रस्ताव अस्विकार गर्दा रिसाइ सीता माथी जाइ लाग्न खोज्दा रामको आदेशमा लक्ष्मणले शुपर्णखाको नाक,कान काटी बुचो बनाइ पठाइदिएकोले बहिनीको अपमान र बेइज्जतीपूर्ण व्यबहार देखि त्यही झोक र सनकमा रावणले सीता अपहरणको यत्न गरेको देखिन्छ।सीता अपहरण पश्चात् सीताको शरीर स्पर्श तथा यौन दुव्र्यवहार नगरी लंकामा रहेको क्रमशः


प्रतिक्रिया दिनुहोस