गोली हानेर अपहरणकारीलाई नियन्त्रणमा

कार्तिक २०, २०७६  

 

Advertisement

पर्सा,२० कार्तिक

अपरहणकारीलाई गोली हानेर वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ । साथै अपहरणमा परेका एक बालकको पनि सकुशल उद्धार भएको छ । घटना वीरगञ्जकै सिर्सिया खाल्वाटोला भन्ने ठाउँमा भएको हो ।

अपहरणकारीको परिचय भने प्रहरीले खुलाइएको छैन । अनुसन्धानपछि मात्रै जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर घटनाको सार्वजनिक गर्ने पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिंह राठोरले बताए ।

काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको एसपी राठौरले बताए । गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस