होमस्टे सन्चालनका लागी चमेरेगुफामा छलफल

कार्तिक २०, २०७६  

लक्ष्मण विश्वकर्मा , तुलसीपुर, २० कात्तिक । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मुल्कोटमा रहेको ऐतिहासीक चमेरेगुफामा होमस्टे सन्चालन गर्नका लागी मंगलवार मुल्कोटमा सरोकारवालाहरु विच छलफल भएको छ । बैठकमा होमस्टे सन्चालनको बारेमा छलफल भएको थियो । चमेरेगुफा संरक्षण विकास समितिका अध्यक्ष भुव बहादुर पुनको अध्यक्षता एवं वडा अध्यक्ष बालकृष्ण रानाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकमा होमस्टे सन्चालन गर्न एक सहकारी संस्था दर्ता गर्नुपर्ने छलफल भएको छ ।
त्यस पछि होमस्टे सहकारी मार्फत सन्चालन गर्न सकिने निर्णय गरिएको बताईएको छ ।

Advertisement

तुलसीपुर उपमहानगरपालिका कार्यालयले पर्यटन वर्ष सन् २०२० लाई लक्षित गदै उपमहानगरपालिका भित्र रहेका पर्यटकिय क्षेत्रहरुको पहिचान गरी होमस्टे सन्चालन गर्ने तयारी गरेको छ । सोहि अनुरुप चमेरेगुफा पनि होमस्टे सन्चालनका लागी छलफल गरिएको हो । गुफा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्टयकहरुको सुविधाका लागी होमस्टे सन्चालनको तयारी थालिएको उपहानगरपालिकाले बताएको छ ।
सो अवसरमा तुलसीपुर उपमहानगर पर्यटन शाखा प्रमुख यसोदा वली, तुलसीपुर उपमहानगरपालिकाका शाखा अधिकृत अनन्त कुमार गौतम, उपमहानगर सहकारी प्रमुख गिरीराज मिश्र, वडा सचिव लोकमणि पोख्रेल, राम्रीधाम टोल विकास संस्थाका अध्यक्ष लाल बहादुर पुन, समाजसेवी जंग बहादुर वली, तारेपहरा सामुदायिक बन समुहकी उपाध्यक्ष सविना पुन, आमा समुहका सक्मती पुन, हरिकला पुन लगाएतले बोलेका थिए । समितिका पुर्व उपाध्यक्ष सुदिप पुनको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजीकरण मुल्कोट टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पुनले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस