पारिवारिक निजी वनको कार्यालय उद्घाटन 

 

 

तुलसीपुर, १५ कार्तिक
पारिवारिक निजी वन संघ जिल्ला शाखा दाङको एक कार्यक्रमका बिच तुलसीपुरमा कार्यालय उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन गर्दै पारिवारिक निजी वन संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले आफनो बारीको रुख काट्न राज्यलाई सोध्नु पर्ने नीतिका विरुद्ध आफुहरुको अभियान सुरु भएको बताए । बर्षौ बारतोर गरेर जोगाएका बोट बिरुवा घरायसी प्रयोजनका लागि काट्दा वा बेच्दा वन ऐनको मञ्चन गरेर सरकारी अड्डाले दुःख दिने गरेको बताउदै त्यसको अन्त्यका लागि देशरभर शाखा विस्तार गर्ने कार्यमा लागेको बताए । पारिवारिक निजी वन मार्फत देशभर बाँझा खेतबारी र पाखामा बोट बिरुवा रोपेर हरियाली बनाउनुका साथै आर्थिक रुपले पनि आत्मनिर्भर बनाएर सरकारको सहयोगीका रुपमा काम गरिरहेको बताए ।
पारिवारी निजी वन संघका ५ नम्बर प्रदेश इन्चार्ज मेघराज भुसाल, प्रदेश सदस्य खेमराज वली, ग्रिन फाउण्डेसन नेपाल दाङका अध्यक्ष विष्णुबहाुदर केसी, नेकपाका नेता चुर्ण वली, शान्तिनगर गाउँपालिका ४ का वडाध्यक्ष धनबहादुर केसी, नेकपाका, युवा नेता खुमप्रसाद भण्डारी, विद्यार्थी नेता प्रकाश शर्मा, महिला अधिकारकर्मी देवी पोख्रेल, बसन्ता सापकोटा लगाएतले बोलेका थिए ।
वन संघका अध्यक्ष पदम केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव भिमार्जुन रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ कार्तिक १५ गते शुक्रवार
प्रतिक्रिया