गुल्मी सवारी दुर्घटना हुदा दुई जनाको मुत्यु

कार्तिक १४, २०७६  

दाङ, १४ कात्तिक । बुधबार राति गुल्मीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–९, अर्लाङकोटमा लु१च ३५१४ नम्बरको जिप दुर्घटना भएको हो । आफ्नै श्रीमती, छोरी र सासु सवार गाडी सडकबाट तल खसेर दुर्घटना भएको अवस्थामा चालक ज्ञानबहादुर विक भने फरार भएका थिए । प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ज्ञानबहादुरकै सासु मसुरी विक र अर्लाङकोटका अन्दाजी ७५ वर्षीय रामप्रसाद खरेल छन् ।चालक ज्ञानबहादुरका श्रीमती, छोरीसहित तीन जना घाइते भएका छन् ।जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काका अनुसार चालक ज्ञानबहादुरलाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस