राष्ट्रिय क्रिकेट टिमको कप्तानीमा ज्ञानेन्द्र मल्ल, उपकप्तानीमा दिपेन्द्र एरी

कार्तिक १३, २०७६  

काठमाडौ, १३ काठमाडौ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गर्नुभएको थियो । उहाँले यस अघि आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाउनुभएको थियो । पारसले एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निर्वाह गर्नु भएको थियो । पारसको अनुपस्थितिमा मल्लले नै कप्तानीको भूमिका निर्वाह गदै आउनुभएको थियो । यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । क्रिकेट संघले बुधवार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तानबारे जानकारी गराएको छ । ज्ञानेन्द्रको कप्तानीमा नेपालले अब मेरिलेबोन क्रिकेट क्लब एमसीसीको टोलीसँग खेल्नेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस