महासंघका अध्यक्ष गिरीद्धारा शुभकामना

कार्तिक १२, २०७६  

तुलसीपुर,१२ कात्तिक
पारिवारीक निजी वन महासंघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले नेपालीहरुको महानव पर्व तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी,दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

Advertisement

ऐतिहासीक महत्व बोकेका हाम्रा महत्वपूर्ण चाडपर्व रितीरिवाज, मौलिक संस्कृतिले हरेक नेपालीलाई एकताको मालामा गाँस्न र आपसी भाइचाराको सम्बन्ध प्रकाढ बनाउन ठूलो भूमिका खेलेको बताउदै अध्यक्ष गिरीद्धारा जारी शुभकामना सन्देशमा पर्वलाई विकृति नभई संस्कृति युक्त तबरले मनाउन अपिल गरिएको छ ।

‘हामी अहिले समृद्ध नेपालको अभियानमा छौ,’ अध्यक्ष गिरीद्धारा जारी सन्देशमा भनिएको छ –‘खाली जग्गामा बिरुवा रोपेर हरियाली बढाऔ र अधिकार स्थापितका लागि सधै अग्रसर बनौ सबैमा तिहारको शुभकामना छ । ’

 

 


प्रतिक्रिया दिनुहोस