तिहारमा ब्यापारीको मनपरी, रु.१० को सामानलाई रु.३० ! 

कार्तिक ११, २०७६  

तुलसीपुर,११ कार्तिक । तिहारको मौका छोपी ब्यापारीहरुले सामानमा मनपरी मुल्य गरेको उपभोत्ताको गुनासो छ । तिहारको लागि आवस्यक रङ्गमा समेत ब्यापारीको मनपरी छ । तुलसीपुरको विरेन्द्र चोकको सल्यान रोडमा ब्यापारीको मनपरी चलेको उपभोत्ता तुलसीपुर ३ कि चम्पा वलीले बताईन।

Advertisement

अरु दिनमा रु.१०। पर्ने रङ्गलाई २० देखि ३० रुपैयमा विक्रि गर्ने गरेको उनले भनाई छ । वली मात्र नभई अन्य उपभोत्ता पनि तिहारको बेला ठगिने गरेका छन । मालामा समेत ब्यापारीले मनपरी मुल्य गर्ने गरेका छन । स्थानिय सरकार लगायत सबैको ध्यान यतिवेला तिहारमा केन्द्रीत भएको हुदा ब्यापारीले मनपरी गर्ने गर्दछन ।

फाईल तस्वीर


प्रतिक्रिया दिनुहोस