पूर्व मेयरले गरे विद्यालयलाई ६ लाख सहयोग

कार्तिक ०९, २०७६  

तुलसिपुर,१० कार्तिक

Advertisement

तुत्कालिन तुलसीपुर नगरपालिका संस्थापक मेयर शकर प्रसाद आचार्यले बीरेन्द्र माध्यामिक विद्यालय भ्युडहर सुनपुरलाई ६ लाख  सहयोग गरेका छन् । आचार्यले आफ्ना स्वर्गीय बुवाले तत्कालीन समयमा पश्चिम दाङमा बिद्यालय खोल्न महत्त्वपूर्ण भुमिका खेलेको भन्दै बिद्यालयलाई एक कार्यक्रमका बिच नगद हस्तान्तरण गरेका हुन । आचार्यले सहयोग गरेको ६ लाख मध्य पाँच लाख भौतिक पूर्वाधार निर्माण र एक लाख छात्रवृत्तिमा लगाउने बताए ।
आचार्यले आफ्ना बुवा आमाको सम्झनामा एक लाख रुपैयाँको देब अम्बिका स्मृति छात्रवृत्ति अक्षकोषबाट कक्षा १२ मा अध्यन गर्ने बिपन्न,तथा जेहनदार बिधार्थिहरुको शिक्षामा सहयोग पुर्याउन बताए ।  आचार्ययको आर्थिक सहायेगले विद्यालयलाई ठूलो सहयोग मिलेको समितिका अध्यक्ष चुडामणिा ढकालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस