अपाङगलाई खाद्यन्न सहयोग

तुलसीपुर, ८ कात्तिक । तुलसीपुर उपमहानगर स्तरिय अपाङग समन्वय समितिले पिडित परिवारलाई खाद्यन्न सहयोग गरेको छ । तुलसीपुर ७ टिक्रापातु निवासी अपाङग पिडित दशीराम चौधरीलाई १ बोरा चामल, १ ग्यालिन खानेतेल, पाँच केजी नुन, पाँच केजी दाल सहयोग गरेको समितिका उपाध्यक्ष सुरेश बैरागीले जानकारी दिएका छन् । समितिका अध्यक्ष दोलक बहादुर खत्रीको नेतृत्वमा शुक्रवार पिडितको घरमै पुगेर उक्त खाद्यन्न प्रदान गरिएको हो । चौधरी विगत लामो समय देखी ह्वील चियरको साहारामा हिड्डुल गदै आएका छन् । केहि वर्ष पहिले घरको छतबाट खसेर अपाङग भएको बताईएको छ । सो अवसरमा महासचिव देवा डाँगी र सचिव नवराज बस्नेतको पनि सहभागिता रहेको थियो । पिडित चौधरीको घरमा अहिले कोहि नभएको बुझिएको छ । उनी अहिले बेसहारा जस्तै बनेका छन् ।

 

प्रकाशित मिति : २०७६ कार्तिक ८ गते शुक्रवार
प्रतिक्रिया