पोलियो दिवसको अबसर पारी तुलसीपुरमा ¥याली

कार्तिक ०७, २०७६  

तुलसीपुर, ७ कात्तिक । विश्व पोलियो दिवसको अबसरमा रोटरी क्लब अफ तुलसीपुर सिटीले सचेतना ¥यालीको आयोजना गरेको छ । नेपाल नेशनल पोलियो प्लस कमिटीको प्राबिधिक सहयोगमा बिभिन्न सँघ संस्थाहरुको सहभागितामा विहिवार तुलसीपुरमा ¥याली निकालिएको हो ।¥याली पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै क्लबका अध्यक्ष देव बहादुर केसीले पोलियो विश्वबाट उन्मुलन भईसके पनि यो रोगको जीवाणुले जुनसुकै बेला पनि संक्रमण गर्न सक्ने भएकाले साबधानी अपनाउनु पर्ने बताउनु भयो ।

Advertisement

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले पोलियो रोग बिशेष गरी गरीवीको रेखा मुनी रहेका मुलुकहरु र सिमान्तकृत समुदायमा बढी देखिने गरेकाले देशको गरिवी मेटाउन सकेमा पोलियो स्वतह रोकथाम हुने बताउनु भयो । यस्तै रोटरी क्लब अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले पोलियोको बिरुद्धमा भ्याक्सिनको बिकास गर्ने जोनक साल्कको जन्म दिवसलाई स्मरणयोग्य बनाउन दिवस मनाउन थालिएको बताउनु भएको थियो ।
¥यालीमा तुलसीपुर उप महानगरपालिका, तुलसीपुर उद्योग बाणिज्य संघ, रोट्रयाक्ट क्लब अफ तुलसीपुर, आर सि सि भिलेज काशिपुर, ईन्ट्रयाक्ट क्लब अफ गोरखा स्कुल, ईन्ट्रयाक्ट क्लब अफ हिमाल एकाडेमी, ज्ञानज्योती सेकेण्डरी स्कुल, तुलसीपुर नगर जेसिस, लायन्स क्लब अफ दाङ, लियो क्लब अफ दाङ, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, पत्रकार लगायत दर्जनौ सामाजिक संघसंस्थाको सहभागिता रहेको थियो । हरेक वर्ष क्लबले नियमित रुपमा आयोजना गर्दै आएर्को ¥यालीका संयोजक रुपेश शर्माले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण क्लबका सचिव सन्दिपन रिजालले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस