उपचुनाव लक्षित टोल कमिटि विस्तार गदै नेकपा

कार्तिक ०३, २०७६  

तुलसीपुर, ३ कात्तिक । उपचुनावको मिति नजिकिदै गर्दा दलहरुले आफना गतिविधिलाई तिव्रता दिन थालेका छन । दाङ निर्वाचन क्षेत्र नम्वर ३ (ख) मा दलहरुले आफना गतिविधिलाई अगाडी बढाउन थालेका छन् । यसैक्रममा नेकपा तुलसीपुर १० ले टोल कमिटि विस्तार अभियानलाई तिव्र पारेको छ । वडाका विभिन्न स्थानमा टोल कमिटि विस्तार कार्यलाई अघि बढाएको वडा कमिटिले बताएको छ । आईतवार नयाँगाउँमा १७ सदस्यीय कमिटि विस्तार गरिएको छ । जसको अध्यक्षमा तुलसा भण्डारी र सचिवमा डिला वलीलाई चयन गरिएको छ ।
यस्तै बन्गैमा पनि कमिटि विस्तार गरेको वडा कमिटिले जनाएको छ । वडा कमिटि अध्यक्ष झग्गु चौधरीको अध्यक्षता तथा नेकपाका नेता कमल केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सोहि अवसरमा बोल्दै प्रमुख अतिथि केसीले पार्टीलाई एक ढिक्का बनाउनका लागी कार्यकर्ता सवै एक जुटहुनु पर्ने बताएका थिए ।
सो अवसरमा नगर कमिटि सचिवालय सदस्य आत्मराम धिताल,नन्दन रोका,सन्तोष वली,पुस्पा लामिछाने लागयतले बोलेका थिए । भेलाको सहजिकरण वडा कमिटि सचिव यामराज केसीले गरेका थिए । यस अघि वडा कमिटिले चैलाही बनगाउ टोलमा कमिटि विस्तार गरेको थियो ।२१ सदस्यीय कमिटीको अध्यक्षमा प्यारी चौधरी र सचिवमा लोकराज भटट््राईलाई चयन गरिएको छ । यस्तै पढ्ढामा पनि कमिटि विस्तार गरिएको छ । जसको अध्यक्षमा धर्मराज भण्डारी र सचिवमा जनक चौधरीलाई चयन गरिएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस