साहित्य सौजन्य मालाको २२७ औ श्रृखंला सम्पन्न

कार्तिक ०३, २०७६  

मिना खड्का, तुलसीपुर, ३ कात्तिक ।राप्ती साहित्य तथा सस्कृति प्रतिष्ठान दाङको आयोजनामा साहित्य सौजन्य मालाको २२७ औ श्रृखंला शनिवार तुलसीपुरमा सम्पन्न भएको छ । परिषदका अध्यक्ष डिल्लिराज गौतम श्रिधरको अध्यक्षता तथा गद्याधर पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा नारायाण प्रसाद रजौरे, पुरुषोत्तम खनाल, खगराज न्यौपाने, शँकर पोखरेल,बाबुराम आर्चाय, लेखक नवराज रजौरे, भुवनेश्वर आर्चाय र भवानी न्यौपाने भावना लगाएतले बोलेका थिए ।
सोहि अबसरमा साहित्यकार नवराज रजौरे द्रारा लिखित खाडि जाने रहरहरु नामक कबिता सङग्रहको बिमोचन गरिएको थियो । उक्त पुस्तकको समिक्षा प्राध्यापक हरिलाल पौडेलले गरेका थिए । कार्यक्रमको सहजीकरण परिषदका सचिव शेषमणी रिजालले गरेका थिए । सौजन्य मालाको २२८ औ श्रृखँला आउदो मंसीर ७ गते खुमानान्द अधिकारीको संयोजकत्वमा हुनेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस