आज र भोली भिटामिन ‘ए’ खुवाईदै

कार्तिक ०२, २०७६  

तुलसीपुर, २ कार्तिक । आज र भोली देशका ७ सय ५३ वटै स्थानिय तहमा ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ । सोहि अनुरुप दाङमा पनि भिटामिन ए र जुकाको औषधी खुवाउने तयारी थालिएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय दाङले दिएको तथ्याङक अनुसार जिल्लामा यस पटक छ महिना देखी माथी र पाँच वर्ष मुनिका ५७ हजार ४ सय ६८ जना बालबालिका रहेका छन् ।


प्रतिक्रिया दिनुहोस