उपनिर्वाचनको लागि काँग्रेसबाट दश जनाको नाम सिफारिस

कार्तिक ०१, २०७६  

तुलसीपुर, १ कार्तिक । नेपाली काँग्रेस दाङ निर्वाचन क्षेत्र नं ३ ‘ख’ ले उपनिर्वाचनको लागि सिफारिस गरेको छ । ‘ख’ का सभापति खिमबहादुर वलीको अध्यक्षतामा बसेको समितिले दश जनाको नाम सिफारिस गरेको हो । उपनिर्वाचनमा आकांक्षा देखाएका सबैको नाम सिफारिस भएको छ ।

Advertisement

सिफारिस हुनेमा किरण शाह, केशव आचार्य, खिमप्रसाद खराल, चुडामणि ढकाल, जगत खडका, टिका घर्ती, भरत केसी, मदन रसिक, शंकर डाँगी, सुरेश हमाल रहेका छन । यी नामलाई क्षेत्रीय समितिले जिल्लामा सिफारिस गर्ने र जिल्लाले केन्द्रमा सिफारिस गर्नेछ । काँग्रेसको विधिमा बढीमा तीनजनासम्म सिफारिस गर्नसक्ने भएपनि दाङमा दशजनालाई सिफारिस गरिएको हो ।


प्रतिक्रिया दिनुहोस