संगिताको उपचारको लागि एम्बुलेन्स चालकको सहयोग

तुलसीपुर,३० असोज । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारी निवासी २२ बर्षीया संगीता विश्वकर्माको उपचारको लागि सहयोग उठ्ने क्रम जारी छ । माटोको ढिस्कोमा पुरिएर घाईते विश्वकर्माको आर्थिक अबस्था कम्जोर हुँदा उपचारमा समस्या भएपछि नेकपाका युवा नेता मोहन पौडेल लगायतको पहलमा आर्थिक संकलन अभियान चलाईएको हो । यसैक्रममा दाङमा रहेको एम्बुलेन्स चालक संघले पनि सहयोग गरेको छ । आज मात्रै १० हजार रुपैया संकलन गरिएको जानकारी दिईएको छ ।

जिल्लाको घोराही, तुलसीपुर र लमहीमा रहेका एम्बुलेन्स चालकले पनि सहयोग गर्ने संघले जनाएको छ । उनको उपचारमा अझै डेढ लाख लाग्ने भएको हुदा सहयोगका लागि उनको परीवारले सबैमा आग्रह गरेको छ । घर लिप्नका लागि माटो ल्याउने क्रममा ढिस्कोले पुरिएर उनि घाईते भएकी हुन् । खुट्टाको घुँडाको तल्लो भाग ‘फ्याक्चर’ भएको छ । यस अघि ५२ हजार पाँच सय रुपैँया उनको घरमै पुगेर हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २०७६ असोज ३० गते बिहिवार
प्रतिक्रिया