युवक माथी खुकुरी प्रहार गरेको आरोपमा एक जना हतियार सहित पक्राऊ

असोज २७, २०७६  

दाङ, २७ असोज । पश्चिम दाङका एक युवक खुकुरी प्रहारबाट गम्भिर घाईते भएका छन् ।शान्तिनगर ६ पहाडीपुर बस्ने २२ बर्षिय निम बहादुर वलीको खुकुरी प्रहारबाट सोहि ठाउँ बस्ने ३० बर्षिय प्रकाश थापा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सामान्य विवादका कारण गएराती साढे दश वजेतिर थापा माथी वलीले आक्रमण गरेको प्रहरीले बताएको छ ।
घाईते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार कोहलपुर रिफर गरिएको छ । उनको टाउको र बाया कानमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जनाएका छन् । खुकुरी प्रहार गर्ने वलीलाई प्रहरीले खुकुरी सहित नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस