लागु औषध सहित दाङमा पाँच जना पक्राउ

असोज २६, २०७६  

तुलसीपुर, २६ असोज । दाङमा लागु औषध सहित पाँच जना पक्राउ परेका छन् । जिल्लाको घोराही १४ नयाँवसपार्कबाट प्रहरीले विशेष सुराकीको आधारमा गएराती उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेहरुमा घोराही १४ बस्ने सरोज के.सी, सोहि ठाउँका लिजन वि.सी,सोहि वडाको लोहासुर वस्ने अर्जुन भन्ने भिम वहादुर वुढा मगर, वडा नम्वर १५ वस्ने कविन केसी र वडा नम्वर १५ बस्ने प्रविन विश्वकर्मा रहेका छन् । उनीहरुको साथबाट विभिन्न नामक ३९७० क्याप्सुल,ट्याव्लेट थान १०,ईन्जेक्सन २ , एम.जी. एम.एल. थान १ र २ एम.एल.१ थान बरामद गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरु माथी लागु औषध नियन्त्रण ऐन २०३३ परिच्छेदको ३ दफा २२ (ग) बमोजिम कारवाहीका लागी आबश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस