चिनियाँ राष्ट्रपतिलाई लुक्लाको सिमीदेखि इलामको चियासम्म

असोज २५, २०७६  

 

Advertisement

काठमान्डौ,२५ असोज

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्री भोजमा लुक्लाको सिमी देखि इलामको चियासम्मको नेपाली परिकारहरुको व्यवस्था गरिएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले सोल्टी होटलमा अयोजना गरेको रात्री भोजमा यस्तो व्यवस्था गरिएको हो । मेन्यूमा उल्लेख भए अनुसार राष्ट्रपति सीलाई सुरुमा लुक्लाको सिमी र साँधेको भटमास दिइने । त्यसपछि कुरिलो र क्वाटीको रस दिइनेछ । त्यसैगरी युरोपियन र चाइनिज परिकार दिएपछि इलामको चिया र गुल्मीको कफी खाएपछि रात्री भोज समापन गरिने छ ।

Advertisement

हेर्नुहोस् मेन्यूः

 

प्रतिक्रिया दिनुहोस