आयुर्वेदिक चिकित्सा शिक्षालय विजौरीमा आगलागी

असोज २५, २०७६  

तुलसीपुर, २५ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सा शिक्षालयको एक कोठामा आगलागी भएको छ । शनिवार बेलुकी ६ वजेतिर शिक्षालयको पंचकर्म कोठामा आगलागी भएको जिल्ला प्रहर िकार्यालय दाङले जनाएको छ । कोठामा रहेको ग्यास सिलिन्डरमा एक्कासी आगलागी हुदा दुई वटा दराज लगाएतका सामग्री जलेर नष्ट हुदा एकलाख पच्चिस हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । आगलागीबाट अन्य कुनै मानविय क्षति नभएको र
दमकल र प्रहरीको सहयोगमा झन्डै आधा घण्टा पछि आगो नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस