‘चुनाब लड्छु भनेकाेसुन्दा लाज लाग्छ’ (भिडीयाे सहित)

असोज २५, २०७६  

 

Advertisement

तुलसीपुर,२५ असाेज

नेपाल कम्युनिष्ट पार्टी  दाङका सचिवालय सदस्य चुर्णबहादुर वलीले जनताको सामुु अनुहार नदेखाएकाहरुले  चुनाब लड्छु भनेको सुन्दा लाज लाग्ने गरेको बताएका छन् । डिजीटल पत्रीका तुलसीपुर खबर डटकमसंग कुराकानीगर्दै सदस्य वलीले जनताको पिरमर्का, समस्या, मरु,बरु, पार्टीको संगठन निर्माण जस्ता कार्यक्रममा नलागेर बाजेको पालामा गरेका कामलाई देखाएर मिडिया मार्फत उम्मेदवारी घोषणा गर्नु पार्टी पद्धती र मर्मविपरित भएको बताए ।

आगामी मंसिर १४ गते पश्चिम दाङको क्षेत्र नं ३(ख)मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट नेकपाका नेता शोभाराम बस्नेत, स्वर्गीय उत्तरकुमार वलीकी पत्नी बिमला वली र नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट बुद्धिजीवी परिषदका केन्द्रिय स्थायी कमीटी सदस्य जोगराज गिरीले पार्टीले टिकट दिए चुनाब लड्न तयार रहेको अभिव्यक्ति आएका बेला वलीको कडा टिप्पणी आएको हो ।

‘उहाँहरुले इच्छा गर्नु स्वाभाविकै हो,’ नेपाल कम्यनिष्ट पार्टी क्षेत्र ३(ख) का संयोजक समेत रहेका वलीले भने–‘ च्याउ उम्रे जस्तै गरी उम्मेदवारी दिन्छु भन्ने तर संगठन, र पार्टी भनेको के हो नबुझने, जनताको घरदैलोमा नपुग्ने  र आफुलाई चर्चामा ल्याउनेबाट जनताको काम हुन सक्दैन । यसले पार्टीको र जनताको पनि हित हुदैन ।’अहिलेसम्म सबै कुरा त्यागेर रात दिन झोला बोकेर जनताको काममा आफु लागेको भन्दै अहिले पनि जनताको माझमै रहेको उनले बताए ।

भिडीयो हेर्न तल क्लिक गर्नुहोस ।


प्रतिक्रिया दिनुहोस