अर्थतन्त्र बलियो बनाउन सहकारीको ठुलो भुमिका : सांसद केसी

असोज २५, २०७६  

तुलसीपुर,२५ असोज । संघिय सांसद हिराचन्द्र केसीले देशको अर्थतन्त्र बलियो बनाउनका लागि सहकारीको ठुलो भुमिका हुने बताएका छन । सानो लगानिबाट स्थापना भएका सहकारीहरुले देशको अर्थतन्त्रमा ठुलो प्रभाव पारेको हुदा सहकारीको महत्व रहेको उनले बताएका हुन । तुलसीपुर ११ जसपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको एघारौं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद केसीले सहकारीमा आवद्ध भई बचत गर्ने बानि बसाले भविष्यमा सहारा मिल्ने बताएका थिए । अर्को प्रसंगमा सहकारीहरुले बचत गर्ने र ऋण लगानि गर्ने मात्र नभई समाज रुपान्तरणमा समेत भुमिका खेल्नुपर्ने बताएका थिए । उनले समाजमा रहेका विकृतिहरु हटाउनका लागि भुमिका खेल्नुपर्ने बताएका थिए । संस्थाका अध्यक्ष वलदेव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाप्रति योगदान गरेको भन्दै केशवराज डाँगी,कुल बहादुर बस्नेत,असल ऋणिको तर्फबाट गायत्रा कालाथोकी,असल बचत कर्ताबाट पवित्रा पुनलाई सम्मान गरिएको थियो ।

यस्तै,६५ बर्ष पुगेका जेष्ठ सदस्य चित्र बहादुर बस्नेत र हिमलाल गोराथोकीलाई हरलीक्स दिदै सम्मान गरिएको थियो । सो अवसरमा कोषाध्यक्ष हेम बहादुर वलीले २ करोड ५३ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला बचता बचत तथा सहकारी संघका अध्यक्ष रुप बहादुर खत्रि,शेयर सदस्यहरु हुकुम बहादुर बस्नेत,द्रोण बहादुर बस्नेत,अमर माविका प्रधानाध्यापक पदम प्रसाद न्यौपाने,साना किसान सहकारीका पुर्वअध्यक्ष कान्त प्रसाद वली, ११ नम्बर वडा सदस्य सुवास डीसी,१२ नम्बर वडाका सदस्य मान बहादुर खत्रि, लगायतले बोलेका थिए ।

Advertisement

विष्णु बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको सहजिकरण सचिब हरी प्रसाद वलीले गरेका थिए । यसैविच सस्थाको बन्द सत्रले तीन सय शेयर सदस्य पुर्याउनका लागि शेयर खुल्ला गर्ने ,राहत बचत कोष सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ

 

प्रतिक्रिया दिनुहोस