तुलसीपुर खानेपानीका अध्यक्षले रूदै भने  चुनाब लड्दैन 

असोज २५, २०७६  

तुलसीपुर २५ असोज । १२ बर्षदेखि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्व गर्दै आएका संस्थाका बर्तमान अध्यक्ष खेमराज वलीले भक्कानिदै आगामी कार्यकालका लागि उम्मेदवारी नदिने बताएका छन् । अध्यक्ष वलीले अहिले पनि खानेपानी संस्थाको नेतृत्व छोड्दैनन्की भन्ने अड्कलबाजी भइरहेको बेला उनको यस्तो भनाई बाहिर आएको छ ।

Advertisement

एक सार्वजनिक कार्यक्रममा बोल्दै उने वर्तमान कार्यसमितिबाट असहयोग भएकाले अपेक्षा अुनसार काम गर्न नसेको बताउदै आगामी कार्यकालका लागि संस्थाको अध्यक्ष पदमा उम्मेदवारी नदिने घोषणा गरे । ‘लथालीङग र भताभुङ्ग भएको तुलसीपुर खानेपानी संस्थालाई उपभोक्ताकै सहयोगमा आमूल परिवर्तन गरियो,’ अध्यक्ष वलीले भक्कानीदै भने– ‘ तुलसीपुर बासीलाई पानीको काकाकुलबाट मुक्त गरियो र जनताले कामको मुल्याङकलन गर्दै पटक–पटक जिताएर पठाए ।

तर कार्यसमितिका केहि साथीहरुले आफै अड्को थापेर कामै गर्नदिदैनन ।’ खानेपानीको जिम्मेवारी सम्हालेको १२ बर्षमा यो पटक कार्यसमितिका केहीसाथीहरुबाट असहयोग भएकाले काम गर्न नसकिएको भन्दै अब काम नगर्ने बताए । वली नेतृत्वको कार्यसमितिको आगामी चैत्रमा कार्यकाल समाप्त हुदै छ । उनि २०६४ सालदेखि संस्थाको निरन्तर नेतृत्व गदै आएका छन् ।

Advertisement

 

प्रतिक्रिया दिनुहोस