दाङमा कांग्रेस नेताले किन गरे सुसाईट ?

तुलसीपुर,२४ असोज 
दाङको तुलसीपुरमा कांग्रेस नेताले सुसाइट गरेका छन् । तुलसीपुर –९ बेलुवा निबासी नेपाली कांग्रेसका पूर्व महादीवेसन प्रतिनिधी कोलाराम न्यौपानेले आफनै घरमा झुण्डीएर आत्महत्या गरेको कांग्रेस दाङ क्षेत्र न. ३ का सभापति जगतबहादुर खड्काले जानकारी दिए । विगत लामोसमय देखि राजनीतिमा सक्रीय न्यौपानेको शव अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । न्यौपानेको निधनखको खबर पाए लगत्तै पार्टीका नेता तथा सुभेच्छुकहरु जम्मा भएका छन् ।

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार
प्रतिक्रिया