पश्चिम दाङबाट चुनाब लड्ने गिरीको घोषणा

असोज २२, २०७६  

तुलसीपुर, २२ असोज
उपनिर्वाचनको समय नजिकै गर्दा पारिवारीक नीजि वन महासंघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले पश्चिम दाङबाट चुनाब लड्ने घोषणा गरेका छन् । तुलसीपुरमा भएको दशैमिलन तथा पत्रकार भेटघाट कार्यक्रमा बोल्दै उनले यस्तो बताएका हुन । निर्वाचन क्षेत्र ३ (ख) मा यस अघि भएको प्रदेश सभा निर्वाचनमा आफुले टिकटको दाबी गरे पनि उत्तर वलीलाई छोडेको बताउदै यस पटक भने आफुले कुनैपनि हालतमा न छोड्ने बताएका छन् । नेपाल कम्युनष्टि पार्टी नेकपा निकट वुद्धिजीवी परिषद स्थायी कमिटीका केन्द्रिय सदस्य समेत रहेका गिरीले पञ्चायतदेखि कांग्रेसको दबदबामा पश्चिम दाङमा पार्टी र संगठन निर्माणमा लागेकै कारण आज पार्टी बलियो भएको दाबी गरे । २०४१ सालदेखि राजनीतिक यात्रा सुरु गरेको बताउदै गिरीले पश्चि दाङमा कल्प बृक्ष रोपेकै कारण आज त्यसले फल दिइरहेको बताए ।
खेतीपाती एउटाले लगाउने बालीबोट अर्र्काले ढल्याउने भन्ने गुनासो छ नि भन्ने पत्रकारको प्रश्नमा उनले दाइको मृत्युपछि भाइले सम्पति खाने चलन कम्युनिष्ट पार्टीमा नभएको टिप्पणी गरे । पत्रकार सम्मेलनमा पत्रकार सरद रेग्मी, बिमल गौतम, बसन्त पौडेल, हेमराज डाँगी लगाएतले जिज्ञासा राखेका थिए ।
प्रदेशसभा सदस्य उत्तर कुमार वलीको निधन पछि क्षेत्र ३ (ख) अहिले रिक्त छ । सरकारले मंसिर १४ गते उपनिर्वाचनको घोषणा गरेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस