बार्षिक उत्सवमा रेडियो र फलफुल बितरण

असोज २२, २०७६  

तुलसीपुर,२२ असोज
दाङको तुलसीपुरमा रहेको रेडियो प्रकृति एफ.एम ९३.४ मेगाहर्जले बार्षिक उत्सवका अवसरमा एक बृद्ध दम्पतिलाई रेडियो हस्तान्तरण गरेको छ । तुलसीपुर–३ लाहुरेचौर निबासी बृद्ध दम्पती ७९ बर्षका नरबहादुर वली र ७७ बर्षकी भिमकली वलीलाई घरमै पुगेर रेडियो सेट बितरण गरेको रेडियोका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले जानकारी दिए । रेडियो पाएपछि बृद्ध दम्पती खुसी भएका थिए । बृद्ध दम्पतीलाई विभिन्न सुचनामुलक जानकारी दिने र मनोरञ्जन प्रदान गर्दैै जिवनयापन गर्न सहजातका लागि रेडियो हस्तान्तरण गरिएको हो । रेडियो सञ्चालक समितिका बरीष्ठ उपाध्यक्ष जोगराज गिरीले रेडियो हस्तान्तरण गरेका थिए ।
रेडियो हस्तान्तरण गर्दै उपाध्यक्ष गिरीले रेडियोले गरीव र निमुखा जनताका आवाज बोल्नुपर्ने बताएका थिए । सो अवसरमा सञ्चालक समिति सदस्य शेवकराम भण्डारी, स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत,समाचार सम्पादक बसन्त परियार, प्राविधिक प्रमुख शंकर भुषाल, लेखा प्रमुख मनु डिसी, बिज्ञापन साहयक प्रेम कुमारी बुढा मगर लगाएतले बोलेका थिए ।
यस्तै दुई किलोमिटर बाटो खनेर चर्चामा आएका तुलसीपुरको खमारी निवासि चन्द्रविर वलीलाई पनि रेडियो हस्तान्तरण गरिने रेडियोले जनाएको छ । काम विषेशले वली अन्यत्र गएको हुदापछि हस्तान्तरण गरिने छ । त्यसैगरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेका विरामीलाई फलफुल वितरण गरिएको छ ।

Advertisement

रेडियोका बरिष्ट उपाध्यक्ष जोगराज गिरी र सदस्य शेवकराम भण्डारीले संयुक्त रुपमा फलफुल वितरण गरेका हुन् । रेडियोको २०६७ असोज २२ गते पुर्व सञ्चारमन्त्री तथा पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका थिए । विशेषगरी वन, वातावरण लगाएत मुद्दालाई उठाउददै आएको रेडियोले समाचारमुलक सामग्रि ,मनोरञ्जनका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । विहान ५ बजे देखि राती १० बजे सम्म प्रशारण हुदै आएको छ ।।

प्रतिक्रिया दिनुहोस