रेडियो प्रकृति दशौं बर्षमा प्रबेश

असोज २२, २०७६  

तुलसीपुर,२२ असोज । दाङको तुलसीपुरबाट प्रशारण हुदै आएको नेपालकै पहिलो बातावरणमैत्री सामुदायिक रेडियो प्रकृति एफ ९३.४ मेघाहर्ज आज नवौ वर्ष पार गरि दशौं वर्षमा प्रवेश गरेको छ । सोहि अवसरमा रेडियोले एक कार्यक्रमको आयोजना गरी आज बार्षिक उत्सव मनाउन लागेको रेडियो स्टेशन म्यानेजर आपेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

Advertisement

राप्ती प्रादेशिक अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण तथा रेडियोकर्मिलाई रेडियो वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ । २०६७ साल असोज २२ गते पुर्व सञ्चारमन्त्री तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका थिए । यसैविच रेडियोका अध्यक्ष खगेन्द्र पोख्रेलले सम्पुर्ण विज्ञापनदाता,श्रोता,सुभचिन्तक सबैमा धन्यवाद ज्ञाप गरेका छन ।

प्रतिक्रिया दिनुहोस