माडी नदीमा खसेका युवकको खोजी तिब्र

असोज २१, २०७६  

तुलसीपुर,२१ असोज
प्यूठानमा माडी नदीमा खसेर वेपत्ता तुलसीपुरका एक युवकको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्र कुमार कार्कीका अनुसार तुलसीपुर उपमहागनरपालिका–८ दुधेना निवासी पोषण भण्डारी गत शुक्रबार माण्डवी गाउँपालिका–३ जामुनेको भिरबाट माडी नदीमा खसेका थिए । नवलपरासीबाट घरमा नआई भण्डारी कपिलवस्तुका साथी बिशाल खनालसंग रा४प५४६२ नम्बरको मोटरसाईलकमा प्युठानको स्वर्गद्धारी गएका थिए । भण्डारीका साथी बिशाललका अनुसार घटना राती भएको थियो । दुबैजना स्वर्गद्धारी जाँदै थिए ।
अनुसन्धान टोली गठन
जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक लोकेन्द्र जिसीको नेतृत्वमा ९ सदस्य अनुसन्धान तथा खोजतलास टोली गठन गरेको् छ । घटना भएको दिन देखिनै  अनुसन्धान र खोजविन कार्यलाई जारी राखेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

यसैविच तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जिल्ला प्रहरी कार्यालय प्युठान र प्रदेश प्रहरीमा फोन गरेर घटनाको छानविन गर्न अनुरोध गरेका छन् । भण्डारी हराएको घटनाको जानकारी पाए लगत्तै नगर प्रमुख पाण्डेले प्रदेश प्रहरी प्रमुख र प्युठानका प्रहरी प्रमुखलाई सम्पर्क गरेर युवकको खोजतलास र अनुसन्धान गर्न आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस