नगरप्रमुख पाण्डेले दिए विजया दशमीको शुभकामना

असोज २१, २०७६  

तुलसीपुर,२१ असोज । असत्य माथि सत्यको जित स्वरुप मनाइने विजया दशमीको पावन अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शुभकामना सन्देश जारी गरेर सम्पूर्ण नगरवासीहरुलाई शुभकामना दिएका छन् । चाडपर्वलाई लोकतान्त्रिक साँस्कृतिक विकास र रुपान्तरणमा जोड दिएर मनाउनुपर्ने उल्लेख गर्दै नगरप्रमुख पाण्डेले दशैंले सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, सहयोग र स्नेह बढाउने वताएका छन् ।

Advertisement

“हाम्रा चाडपर्वले धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई सम्मान गर्दै सामाजिक, सद्भाव, एकता र साझा पहिचानसहित सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु” शुभकामना वक्तव्यमा उनले उल्लेख गरेका छन् ।

नेपाल धर्म, संस्कार, संस्कृतिमा अत्यन्तै धनी रहेको उल्लेख गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधायुक्त धर्म निरपेक्ष राष्ट्रमा मनाइने यस्ता चाडपर्वले सबैका विचमा आपसी सद्भाव, मेलमिलाप र एकता बढाउन महत्वपूर्ण भूमिका खेलोस् भन्ने शुभकामना दिएका छन् ।

Advertisement

 

प्रतिक्रिया दिनुहोस