कुटपिटबाट दाङमा एक जनाको मृत्यु

असोज २०, २०७६  

तुलसीपुर,२० असोज । कुटपिटबाट दाङमा एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ शुष्मारोड बस्ने बर्ष ३२ को ईन्द्र बहादुर रावतको घोराही उप महानगरपालीका ५ बसन्तपुर बस्ने बर्ष १९ को राज कुमार केसीको कुटाईबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मादक पदार्थ सेवन गरी बिबाद हुदा बाँसको ठेटाले टाउकोमा हान्दा उनको घटना स्थलमै ज्यान गएको थियो । कुटपिट गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रवत्ता विनोद विक्रम शाहले जानकारी दिएका छन ।

Advertisement

प्रतिक्रिया दिनुहोस