अध्यक्षलेहरुले असहयोग गरे : कमानसीङ डाँगी

असोज २०, २०७६  

तुलसीपुर, २० असोज

Advertisement

शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसीङ डाँगीले अध्यक्षहरुको असहयोगका कारण खरको छानो हटाउने योजना असफल भएको बताएका छन् । स्थानिय तहसंग रेडियो प्रकृति कार्यक्रमसंग कुरा गर्दै अध्यक्ष डाँगीले गरिबको घरमा लगाएको खरको छानो हटाएर जस्ताको छाना लगाउने र बिजुली नपुगेको ठाउँमा सोलार वितरण गर्ने गाउँपालिको योजना कार्यान्वन गर्न नदिएको गुनासो गरे ।

अध्यक्ष डाँगीले आफर्नै पार्टीका अध्यक्षहरु समेत विपक्षी पार्टीका अध्यक्षहरु संग मिलेर महत्वकांक्षी योजना भन्दै लागु गर्न नदिएको उनले बताए । गाउँपालिकाले पहिलो बर्ष देखिनै खरको छानो हटाउने र सोलार वितरण गर्ने योजना अघि सारेको थियो । अहिले सम्म एक सय २२ घरमा जस्ताको छानो र ५८ वटा घरमा सोलार वितरण गरिएको छ । गाउँपालिकामा ७ वटा वडा मध्य ४ वटामा नेपाल कम्युनिष्ट पार्टीका र गाउँपालिका अध्यक्ष सहति ३ वटा वडामा कांग्रेसले जितेको छ । अध्यक्षहरुको असहयोगका कारण जनमुखी काममा समस्या भएको गाउँपालिका अध्यक्ष डाँगीले बताए ।

Advertisement

 

प्रतिक्रिया दिनुहोस