राप्ती विद्या मन्दीरमा पढ्ने प्रमोदको अर्को गित बजारमा

तुलसीपुर,२० असोज
युवा गायक प्रमोद खड्काले दाङ राम्रो फाँटैले बोलको गित नेपाली बजारमा ल्याएका छन् । सिरसिर हावा बोलको लोक दोहरी गितको सफलतापछि उनले पुनः अर्को लोकदोहरी गित दाङ राम्रो फाँटैले बजारमा ल्यएको बताएका छन् । ‘सिरसिर बोलको लोकदोहरी गित श्रोता तथा दर्शकले अति नै मन पराउनुभयो,’ गायक प्रमोदले भने–‘ त्यसपछि दाङ राम्रो फाँटैले बोलको लोक दोहरी गित बजारमा ल्याएऔं । यो पनि श्रोता दर्शकले मनपराउनुहुने छ भन्ने आशा गरेको छु ।’ प्रमोद अहिले राप्ती विद्या मन्दीर तुलसीपुर अध्यनरत छन् । बेदु खड्का र यमुना वलीको शब्द तथा लय रहेको यो गितमा प्रमोद खड्का, शान्ती श्री परियार र कल्पना बिसीको स्वर रहेको छ ।

गित सुन्न तल क्लिक गर्नुहोस ।

 

 

 

 

 

प्रकाशित मिति : २०७६ असोज २० गते सोमवार
प्रतिक्रिया