राष्ट्रिय युवा संघमा दाङबाट सात जनाले पाए केन्द्रिय सदस्य

काठमाडौ, १८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ३३१ जना केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । तत्कालीन युवा संघ र वाइसीएल नेपालबीच एकीकरण भएर बनेको राष्ट्रिय युवा संघ नेपालले दुबै संगठनबाट प्रस्तावित ती केन्द्रीय सदस्यहरुको नामावली पारित गरेको हो । संगठनको संयोजक सिन्धुपाल्चोकका रामप्रसाद सापकोटा(दिपशिखा) रहेका छन् भने सहसंयोजकमा ओखलढुङगाका रमेश कुमार पौडेल रहेका छन् ।

३३५ केन्द्रिय सदस्य भनेता पनि बाँकी चार सदस्य साविकको वाइसीएलले मनोनित गर्ने संयोजक दीपशिखाले जानकारी दिए । जसमा दाङबाट सात जना केन्द्रिय सदस्यमा परेका छन् । गोपाल वली (प्रविण), दिपशिखा जिएम, धनविर चौधरी, पुष्प वली(महेन्द्र), माधव वली, लक्ष्मण खड्का (सरोज) र विकास ज्ञवाली केन्द्रिय सदस्य बनेका छन् । साथै केन्द्रीय समितिको बैठक आउदो कात्तिक १८ र १९ गतेका आह्वान गर्नुका साथै कात्तिक २० र २१ गते काठमाडौंमा भेला समेत बोलाइएको छ ।

प्रकाशित मिति : २०७६ असोज १८ गते शनिवार
प्रतिक्रिया